काठमाडौं । घरेलु टोली जिम्बावेविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा भारत १०० रनले विजयी भएको छ ।
जितसँगै भारतले पाँच खेलको शृंखला १-१ को बराबरीमा ल्यायो । पहिलो खेलमा जिम्बावे १३ रनले विजयी भएको थियो ।
हरारे स्पोर्टस क्लबमा आइतबार भारतले प्रस्तुत गरेको २३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८.४ ओभरमा १३४ रनमै समेटियो ।
जिम्बावेका लागि विस्ली मेधभेरेले ४३, लुक जोन्ग्वेले ३३, ब्रायन जोन बेनेटले २६ र जोनाथन क्याम्पबेलले १० रन बनाए ।
भारतका लागि आवेश खान र मुकेश कुमारले समान तीन, रवी बिश्नोइले दुई र वासिङ्टन सुन्दरले एक विकेट लिए ।
त्यसअछि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २३४ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि अविशेक शर्माले ४७ बलमा आठ छक्का र सात चौकाको मद्दतले सर्वाधिक १०० रनको योगदान गरे । यसैगरी ऋतुराज गायकवाडले ४७ बलमा ११ चौका र एक छक्काको मद्दतले अविजित ७७ र रिन्कु सिंहले अविजित ४८ रन बनाए ।
गायकवाडले दोस्रो विकेटका लागि अविशेकसँग १३७ र तेस्रो विकेटका लागि रिन्कुसँग अविजित ८७ रनको साझेदारी गरे । जिम्बावेका लागि ब्लेसिङ मुजरबानी र वालिङटन मस्काड्जाले सामना एक विकेट लिए ।
शृंखलाको तेस्रो खेल बुधबार हुनेछ ।