काठमाडौं । एसिसी महिला एसिया कपको तयारी स्वरुप नेपालले श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीविरुद्ध तीन खेल खेल्ने भएको छ ।
क्यानले सर्वाजनिक गरेको तालिका अनुसार खेल सरी भिलेजमा जुलाई ९, १० र १६ मा हुनेछ ।
क्यानले सामाजिक सञ्जालमार्फत महिला विकास टोलीविरुद्ध खेल्ने मौका प्रदान गरेकोमा श्रीलंका क्रिकेट बोर्डलाई धन्यवाद व्यक्त गरेको छ ।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन्। यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।
नेपालले जुलाई १९ मा युएईको खेलमार्फत प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ (विकेटकिपर), पुजा महतो, सम्झना खड्का, डोली भट्ट, रोमा थापा, ममता चौधरी, किर्तिका मरासिनी, राजमति ऐरी