चैत्र ९, २०८२ सोमबार | १०:२७:०९
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

अस्ट्रेलियाले बंगलादेशलाई हरायो

काठमाडौं । अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकप अन्तर्गत सुपर ८ मा बंगलादेशलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का २८ रनले पराजित गरेको छ ।

इन्टिगुएको सर भिभियन रचार्डस क्रिकेट रंगशालामा शुक्रबार बंगलादेशले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६.२ ओभरमा कुनै पनि विकेट नगुमाइ ६४ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

करिब डेढ रोकिएपछि खेल फेरि सुरु भएको थियो । तर ११.२ ओभरमा अस्ट्रेलियाले दुई विकेट गुमाउँदै १०० रन बनाएर खेलिरहँदा पुनः वर्षा भएपछि खेल रोकियो ।

त्यसपछि खेल खेलाउन सम्भाव नभएपछि डिएलएसका आधारमा अस्ट्रेलियालाई विजेता घोषणा गरियो ।

अस्ट्रेलियाका लागि डेविड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५३ रन बनाए । यसैगरी ट्रभिस हेडले ३१ र ग्लेन म्याक्सवेलले अविजित १४ रन बनाए ।

पहिलो विकेटका लागि वार्नर र हेडले ६५ रनको साझेदारी गरे । बंगलादेशका लागि दुवै विकेट राशिद होसेनले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि कप्तान नज्मुल होसेन सान्तोले ४१, टोविड हृदोयले ४०, लिटोन दासले १६ र तस्किन अहमदले अविजित १३ रन बनाए ।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले तीन विकेट लिए । कमिन्सले १७.५ ओभरमा हमुदुल्लाहलाई बोल्ड गरे । १७.६ ओभरमा महेदी हसनलाई एडम जाम्पाबाट क्याच गराए । १९‍.१ ओभरमा टोहिद  हृदोयलाई जोश हेजलउडबाट क्याच गराउँदै जारी विश्वकपको पहिलो ह्याट्रिक लिए ।

यसैगरी एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो