चैत्र १५, २०८२ आइतबार | ०५:४७:००
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

उपाधिका लागि स्याङ्जा र कांस्की भिड्ने

पोखरा  । स्याङ्जाले गण्डकी प्रदेशस्तरीय पुरुष ट्वान्टी-२० क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ ।

समूह ‘बी’ को स्याङ्जाले तीनै खेलमा जित निकाल्दै ६ अंक जोड्यो । स्याङ्जाले उपाधिका लागि बिहीबार कांस्कीको सामना गर्नेछ ।

कांस्कीले यसअघि नै समुह ‘ए’बाट फाइनलमा स्थान बनाइसकेको थियो । 

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा स्याङ्जाले नवलपुरलाई दुई विकेट पराजित गर्यो ।

नवलपुरले प्रस्तुत गरेको ७६ रनको लक्ष्य स्याङ्जाले अन्तिम ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

स्याङ्जाका लागि अनिष ताम्राकारले २२, इश्वर क्षेत्रीले २१ र प्रदीप पाण्डेले अविजित ११ रन बनाए ।

नवलपुरका लागि कमल परियारले तीन, दीपक डुम्रेले दुई तथा सुदिप अर्याल र स्विकार श्रेष्ठले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नवलपुरले १६.४ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनको योगफल तयार पार्यो । खेललाई १७ ओभरमा झारिएको थियो ।

खेलमा नवलपुरका लागि रिजन काफ्लेले ३०, कमल परियारले १८ र सुदिप अर्यालले १२ रन बनाए ।

स्याङ्जाका लागि सन्दिप खत्री, तुलसीराम भट्टराई र अंकित न्यौपानेले समान दुई तथा किरण भट्टराईले उक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो