चैत्र १४, २०८२ शनिबार | ०३:५७:०८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

विश्वकपअघि चलेन ब्याटिङ, क्यानाडासँग पराजित

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपको अघि भएको अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको छ । सोमबार राति डालासमा नेपाल ब्याटिङमा चुकेको छ ।

शीर्ष क्रमका खेलाडीको प्रदर्शन औषत रहेपछि मध्यक्रम र तल्लो क्रमका ब्याटर चल्न नसक्दा नेपाल ‘वार्म अप’ गेममा पराजित भएको हो ।

सुरुआती ब्याटिङ गरेको क्यानाडाले सात विकेट गुमाउँदै एक सय ८४ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय २० रन बनाउन सक्यो ।

कुशल मल्लले ३० बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३७ रन बनाए । अनिल शाहले २४, आसिफ शेखले २२ र कुशल भुर्तेलले १० रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

९.३ ओभरमा ५९÷३ विकेट गुमाएको नेपालले त्यसपछि ठूलो साझेदारी गर्न सकेन । लगातार विकेट गुमाइरह्यो । अनिल र आसिफबीच सर्वाधिक ३९ रनको साझेदारी गरेका हुन् ।

क्यानाडाका डिलोन हेरिगरले २.३ ओभरमा २० रन खर्चिएर चार विकेट लिए । जेरेमी गोर्डन र साद विन जाफरले दुई विकेट लिएका हुन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको क्यानाडाको लागि निकोलास किर्टनले ३९ बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाएका हुन् । रविन्दरपल सिंहले १७ बलमा ४१, नभनीत धलिवालले ३२ रनको योगदान गरेका हुन् ।

नेपालको अभिनाश बोहराले दुई तथा करण केसी, सोमपाल कार्मी, गुल्शन झा, ललित राजवंशी र सागर ढकालले समान एक विेट लिएका हुन् ।

अब, नेपालले बिहीबार अमेरिकासँग खेल्नेछ । त्यसपछि विश्वकपमा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो