माघ १५, २०८२ बिहीबार | ०८:५३:५३
यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित

विश्वकपअघि चलेन ब्याटिङ, क्यानाडासँग पराजित

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपको अघि भएको अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको छ । सोमबार राति डालासमा नेपाल ब्याटिङमा चुकेको छ ।

शीर्ष क्रमका खेलाडीको प्रदर्शन औषत रहेपछि मध्यक्रम र तल्लो क्रमका ब्याटर चल्न नसक्दा नेपाल ‘वार्म अप’ गेममा पराजित भएको हो ।

सुरुआती ब्याटिङ गरेको क्यानाडाले सात विकेट गुमाउँदै एक सय ८४ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय २० रन बनाउन सक्यो ।

कुशल मल्लले ३० बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३७ रन बनाए । अनिल शाहले २४, आसिफ शेखले २२ र कुशल भुर्तेलले १० रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

९.३ ओभरमा ५९÷३ विकेट गुमाएको नेपालले त्यसपछि ठूलो साझेदारी गर्न सकेन । लगातार विकेट गुमाइरह्यो । अनिल र आसिफबीच सर्वाधिक ३९ रनको साझेदारी गरेका हुन् ।

क्यानाडाका डिलोन हेरिगरले २.३ ओभरमा २० रन खर्चिएर चार विकेट लिए । जेरेमी गोर्डन र साद विन जाफरले दुई विकेट लिएका हुन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको क्यानाडाको लागि निकोलास किर्टनले ३९ बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाएका हुन् । रविन्दरपल सिंहले १७ बलमा ४१, नभनीत धलिवालले ३२ रनको योगदान गरेका हुन् ।

नेपालको अभिनाश बोहराले दुई तथा करण केसी, सोमपाल कार्मी, गुल्शन झा, ललित राजवंशी र सागर ढकालले समान एक विेट लिएका हुन् ।

अब, नेपालले बिहीबार अमेरिकासँग खेल्नेछ । त्यसपछि विश्वकपमा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।