चैत्र ९, २०८२ सोमबार | ०६:०६:१६
साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध

नेपाल हङकङसँग पराजित

काठमाडौं । साविक विजेता नेपाल एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग चार विकेटले पराजित भएको छ ।

हारसँगै नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा पनि छनोट हुन सकेन ।

ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य हङकङले तनि बल बाँकी छँदा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

हङकङका लागि अन्शुमन रथले ५० बलमा चार चौका र दुई छक्काको मद्दतले अविजित ६५ रनको योगदान गरे ।  । यसैगरी बाबर हायतले २६,अ‍ैजाज खानले १२ र नस्रुल्लाह रानाले अविजित ११ रन बनाए ।

नेपालका लागि समोपाल कामीले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा चार चौका र तीन छक्काको मद्दतले अविजित ४४ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले २२, कप्तान रोहितकुमार पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाए ।

हङकङका लागि आयुश सुक्लाले तीन तथा अतिक इक्बाल, यासिम मुर्तजा र एहशान खानले समान एक विकेट लिए ।

सेमिफइनलमा नेपाल युएईसँग ६ विकेट र हङकङ घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएका थिए ।

हङकङ र नेपाल यसै प्रतियोगिताको समूह चरणमा पनि भिडेका थिए । उक्त खेल नेपालले आठ विकेटले जितेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो