माघ १८, २०८२ आइतबार | ११:११:१९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नेपाल हङकङसँग पराजित

काठमाडौं । साविक विजेता नेपाल एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग चार विकेटले पराजित भएको छ ।

हारसँगै नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा पनि छनोट हुन सकेन ।

ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य हङकङले तनि बल बाँकी छँदा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

हङकङका लागि अन्शुमन रथले ५० बलमा चार चौका र दुई छक्काको मद्दतले अविजित ६५ रनको योगदान गरे ।  । यसैगरी बाबर हायतले २६,अ‍ैजाज खानले १२ र नस्रुल्लाह रानाले अविजित ११ रन बनाए ।

नेपालका लागि समोपाल कामीले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा चार चौका र तीन छक्काको मद्दतले अविजित ४४ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले २२, कप्तान रोहितकुमार पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाए ।

हङकङका लागि आयुश सुक्लाले तीन तथा अतिक इक्बाल, यासिम मुर्तजा र एहशान खानले समान एक विकेट लिए ।

सेमिफइनलमा नेपाल युएईसँग ६ विकेट र हङकङ घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएका थिए ।

हङकङ र नेपाल यसै प्रतियोगिताको समूह चरणमा पनि भिडेका थिए । उक्त खेल नेपालले आठ विकेटले जितेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।