चैत्र १४, २०८२ शनिबार | ११:१२:१६
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

नेपालको लगातार दोस्रो जित

फाइल फोटो

काठमाडौं । नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले बरोडा क्रिकेट संघलाई २७ रनले पराजित गर्यो ।

लगातार दोस्रो जित निकालेको नेपालले दुई खेलमा चार अंक जोडेको छ । पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट संघलाई आठ विकेटले हराएको थियो ।

दुवै खेलमा पराजित बरोडा अंकविहिन छ । पहिलो खेलमा बरोडा गुजरातसँग पाँच विकेटले पराजित भएको थियो  ।

नेपालले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनायो । बरोडाका लागि भानु पानियाले ३८, बाबा खानले २७, कप्तान विष्णु सोलान्कीले २५ र अमित पासीले १५ रन बनाए ।

नेपालका लागि करण केसीले तीन, सोमपाल कामीले दुई तथा अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पार्यो । नेपालका लागि कुशल मल्लले अविजित ४०, सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए ।

बरोडाका लागि बाबा खानले दुई तथा परिक्सित पाटीदार र मोहित मोन्गाइले समान एक विकेट लिए ।

अब नेपालले बुधबार गुजरातकाे सामना गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो