माघ १८, २०८२ आइतबार | ११:३०:४३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नेपालको लगातार दोस्रो जित

फाइल फोटो

काठमाडौं । नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले बरोडा क्रिकेट संघलाई २७ रनले पराजित गर्यो ।

लगातार दोस्रो जित निकालेको नेपालले दुई खेलमा चार अंक जोडेको छ । पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट संघलाई आठ विकेटले हराएको थियो ।

दुवै खेलमा पराजित बरोडा अंकविहिन छ । पहिलो खेलमा बरोडा गुजरातसँग पाँच विकेटले पराजित भएको थियो  ।

नेपालले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनायो । बरोडाका लागि भानु पानियाले ३८, बाबा खानले २७, कप्तान विष्णु सोलान्कीले २५ र अमित पासीले १५ रन बनाए ।

नेपालका लागि करण केसीले तीन, सोमपाल कामीले दुई तथा अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पार्यो । नेपालका लागि कुशल मल्लले अविजित ४०, सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए ।

बरोडाका लागि बाबा खानले दुई तथा परिक्सित पाटीदार र मोहित मोन्गाइले समान एक विकेट लिए ।

अब नेपालले बुधबार गुजरातकाे सामना गर्नेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।