माघ ९, २०८२ शुक्रबार | ०३:३२:२०
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

पहिलो एकदिवसीयमा इङ्ल्यान्ड विजयी

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डविरुद्ध महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा इङ्ल्यान्ड चार विकेटले विजयी भएको छ ।

जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल बिहीबार हुनेछ ।

वालिङटनस्थित बासिन रिजर्भ क्रिकेट मैदानमा सोमबार न्युजिल्यान्डले प्रस्तुत गरेको २०८ रनको लक्ष्य इङ्ल्यान्डले ४१.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । 

इङ्ल्यान्डका लागि एमी जोन्सले ८३ बलमा १० चौकाको मद्दतले अविजित ९२ रनको योगदान गरिन् । यसैगरी चार्ली डिनले अविजित ४२, माइया बोउचियर ३१ तथा कप्तान हेदर नाइट र नटाली स्क्रिभर ब्रन्टले समान १२ रन बनाए । 

सातौं विकेटका लागि जोन्स र डिनले अविजित १३० रनको साझेदारी गरे । न्युजिल्यान्डका लागि जेस केर र कप्तान एमिलिया केरले समान दुई तथा लिया ताहुहुले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनको योगफल तयार पार्यो ।

न्युजिल्यान्डका लागि सुजी बेट्सले ७४ बलमा ६ चौकाको मद्दले सर्वाधिक ५० रनको योगदान गरिन् । यसैगरी बर्नाडाइन बिजुदेनहुटले ३५, एमिलिया केरले २४, इसाबेल गाजीले १८, जर्जिया प्लिमेरले १७ र हाना रोवीले १६ रन बनाए ।

पहिलो विकेटका लागि बेट्स र बोउचियरले ९० रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि चार्ली डिन र लोरेन बेलले समान तीन, केट क्रसले दुई तथा नटाली स्क्रिभर ब्रन्ट र सोफी एक्लेस्टोनले समान एक विकेट लिए । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate