चैत्र १२, २०८२ बिहीबार | १७:४८:१६
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

पहिलो एकदिवसीयमा इङ्ल्यान्ड विजयी

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डविरुद्ध महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा इङ्ल्यान्ड चार विकेटले विजयी भएको छ ।

जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल बिहीबार हुनेछ ।

वालिङटनस्थित बासिन रिजर्भ क्रिकेट मैदानमा सोमबार न्युजिल्यान्डले प्रस्तुत गरेको २०८ रनको लक्ष्य इङ्ल्यान्डले ४१.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । 

इङ्ल्यान्डका लागि एमी जोन्सले ८३ बलमा १० चौकाको मद्दतले अविजित ९२ रनको योगदान गरिन् । यसैगरी चार्ली डिनले अविजित ४२, माइया बोउचियर ३१ तथा कप्तान हेदर नाइट र नटाली स्क्रिभर ब्रन्टले समान १२ रन बनाए । 

सातौं विकेटका लागि जोन्स र डिनले अविजित १३० रनको साझेदारी गरे । न्युजिल्यान्डका लागि जेस केर र कप्तान एमिलिया केरले समान दुई तथा लिया ताहुहुले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनको योगफल तयार पार्यो ।

न्युजिल्यान्डका लागि सुजी बेट्सले ७४ बलमा ६ चौकाको मद्दले सर्वाधिक ५० रनको योगदान गरिन् । यसैगरी बर्नाडाइन बिजुदेनहुटले ३५, एमिलिया केरले २४, इसाबेल गाजीले १८, जर्जिया प्लिमेरले १७ र हाना रोवीले १६ रन बनाए ।

पहिलो विकेटका लागि बेट्स र बोउचियरले ९० रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि चार्ली डिन र लोरेन बेलले समान तीन, केट क्रसले दुई तथा नटाली स्क्रिभर ब्रन्ट र सोफी एक्लेस्टोनले समान एक विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो