माघ १९, २०८२ सोमबार | ०५:२०:४०
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नामिबियासँग नेपाल पराजित

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा समेटियो ।

दोस्रो इनिङको पहिलो बलमै ओपन कुशल भुर्तेललाई रुबेल ट्रम्पलम्यानले एडबिडब्ल्युको धरापमा पारे । तेस्रो ओभरको पाँचौं बलमा अर्का ओपनर आसिफ शेख ६ रन बनाएर आउट भए । आसिफलाई ट्रम्पलम्यानले नै जान फ्रेइलिंकबाट क्याच गराए ।

आठौं ओभरको तेस्रो बलमा जान निकोल लोफ्टी एइटनले कप्तान रोहितकुमार पौडेललाई फ्रेइलिंकबाट क्यानच गराए । रोहितले ४२ रन बनाए । १०औं ओभरको पाँचौं बलमा बेर्नार्ड स्कोलट्जले कुशल मल्ललाई ब्यक्तिगत ३२ रनमा कप्तान जेजे स्मिथबाट क्याच गराए ।

१२औं ओभरको पाँचौं बलमा गुल्सन झा १२ रन बनाएर आउट भए । गुल्सनलाई स्कोलट्जले बोल्ड गरे । १३औं ओभरको तेस्रो बलमा इएटनले सन्दीप जोरालाई पाँच रनमा फ्रेइलिंकबाट क्याच गराए ।

१५औं ओभरको दोस्रो बलमा विवेककुमार यादवलाई फ्रेइलिंकले स्कोलट्जबाट क्याच गराए । विवेकले ६ रन बनाए । १८औं ओभरको पहिलो बलमा सोमपाल कामीलाई फ्रेइलिंकले स्कोलट्जबाट २६ रनमा क्याच गराए ।

१९औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीलाई ट्रम्पलम्यानले विकेटकिपर जेन ग्रिनबाट क्याच गराए । दीपेन्द्र ४८ रन बनाएर आउट भए । अर्को बलमा ट्रम्पलम्यानले अविनाश बोहरालाई रनको खाता पनि खोल्न नदिइ बोल्ड गरे ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले चार तथा बेर्नार्ड स्कोलट्ज,जान फ्राइलिंक र जान निकाले लोफ्टी इएटनले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नामियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०७ रनको योगफल तयार पार्यो ।

नामिबियाका लागि जान निकोल लोफ्टी इएटनले शतक प्रहार गरे । यसैगरी मलान क्रुगर ४८ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५९ रनमा अविजित रहे ।  
तेस्रो विकेटका लागि इएटन र क्रुगरले १३५ रनको साझेदारी गरे ।

नेपालका लागि कप्तान रोहितकुमार पोडेलले दुई तथा करण केसी र अविनाश बोहराले समान एक विकेट लिए ।

छैटौं ओभरको अन्तिम बलमा करण केसीले माइकल भान लिंगनलाई गुल्सन झाबाट क्याच गराए । लिंगन १० रन बनाएर आउट भए । नवौं ओभरको दोस्रो बलमा कप्तान रोहितकुमार पौडेलले जिन पियरे कोट्जेलाई ब्यक्तिगत ११ रनमा विवेककुमार यादवबाट क्याच गराए ।

११औं ओभरको चौथो बलमा रोहितले जान फ्रेइलिंकलाई विकेटकिपर आसिफ शेखबाट स्ट्याम्पिङ गराए । फ्रेइलिंकले पाँच रन बनाए ।

२०औं ओभरको दोस्रो बलमा इएटनलाई अविनाश बोहराले गुल्सन झाबाट क्याच गरे । इएटनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्दतले १०१ रन बनाए । इएटनले ३३ बलमै शतक पूरा गरेका थिए । यससँगै उनी ट्वान्टी २० अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

इएटनले नेपालका कुशल मल्लले १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कायम गरेको ३४ बलको कीर्तिमान भंग गरेका हुन् ।

अब नेपालले बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।