चैत्र १३, २०८२ शुक्रबार | ०५:३१:३१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नामिबियासँग नेपाल पराजित

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा समेटियो ।

दोस्रो इनिङको पहिलो बलमै ओपन कुशल भुर्तेललाई रुबेल ट्रम्पलम्यानले एडबिडब्ल्युको धरापमा पारे । तेस्रो ओभरको पाँचौं बलमा अर्का ओपनर आसिफ शेख ६ रन बनाएर आउट भए । आसिफलाई ट्रम्पलम्यानले नै जान फ्रेइलिंकबाट क्याच गराए ।

आठौं ओभरको तेस्रो बलमा जान निकोल लोफ्टी एइटनले कप्तान रोहितकुमार पौडेललाई फ्रेइलिंकबाट क्यानच गराए । रोहितले ४२ रन बनाए । १०औं ओभरको पाँचौं बलमा बेर्नार्ड स्कोलट्जले कुशल मल्ललाई ब्यक्तिगत ३२ रनमा कप्तान जेजे स्मिथबाट क्याच गराए ।

१२औं ओभरको पाँचौं बलमा गुल्सन झा १२ रन बनाएर आउट भए । गुल्सनलाई स्कोलट्जले बोल्ड गरे । १३औं ओभरको तेस्रो बलमा इएटनले सन्दीप जोरालाई पाँच रनमा फ्रेइलिंकबाट क्याच गराए ।

१५औं ओभरको दोस्रो बलमा विवेककुमार यादवलाई फ्रेइलिंकले स्कोलट्जबाट क्याच गराए । विवेकले ६ रन बनाए । १८औं ओभरको पहिलो बलमा सोमपाल कामीलाई फ्रेइलिंकले स्कोलट्जबाट २६ रनमा क्याच गराए ।

१९औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीलाई ट्रम्पलम्यानले विकेटकिपर जेन ग्रिनबाट क्याच गराए । दीपेन्द्र ४८ रन बनाएर आउट भए । अर्को बलमा ट्रम्पलम्यानले अविनाश बोहरालाई रनको खाता पनि खोल्न नदिइ बोल्ड गरे ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले चार तथा बेर्नार्ड स्कोलट्ज,जान फ्राइलिंक र जान निकाले लोफ्टी इएटनले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नामियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०७ रनको योगफल तयार पार्यो ।

नामिबियाका लागि जान निकोल लोफ्टी इएटनले शतक प्रहार गरे । यसैगरी मलान क्रुगर ४८ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५९ रनमा अविजित रहे ।  
तेस्रो विकेटका लागि इएटन र क्रुगरले १३५ रनको साझेदारी गरे ।

नेपालका लागि कप्तान रोहितकुमार पोडेलले दुई तथा करण केसी र अविनाश बोहराले समान एक विकेट लिए ।

छैटौं ओभरको अन्तिम बलमा करण केसीले माइकल भान लिंगनलाई गुल्सन झाबाट क्याच गराए । लिंगन १० रन बनाएर आउट भए । नवौं ओभरको दोस्रो बलमा कप्तान रोहितकुमार पौडेलले जिन पियरे कोट्जेलाई ब्यक्तिगत ११ रनमा विवेककुमार यादवबाट क्याच गराए ।

११औं ओभरको चौथो बलमा रोहितले जान फ्रेइलिंकलाई विकेटकिपर आसिफ शेखबाट स्ट्याम्पिङ गराए । फ्रेइलिंकले पाँच रन बनाए ।

२०औं ओभरको दोस्रो बलमा इएटनलाई अविनाश बोहराले गुल्सन झाबाट क्याच गरे । इएटनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्दतले १०१ रन बनाए । इएटनले ३३ बलमै शतक पूरा गरेका थिए । यससँगै उनी ट्वान्टी २० अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

इएटनले नेपालका कुशल मल्लले १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कायम गरेको ३४ बलको कीर्तिमान भंग गरेका हुन् ।

अब नेपालले बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो