माघ १५, २०८२ बिहीबार | १६:५८:०९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

भारतलाई टेस्ट शृंखला

काठमाडौं । चौथो टेस्टमा इङ्ल्यान्डमाथि पाँच विकेटको जित निकाल्दै घरेलु टोली भारतले एक खेल अगावै टेस्ट शृंखला आफ्नो पक्षमा पारेको छ । जितसँगै भारतले पाँच खेलको शृंखलामा ३-१ को अग्रता लिएको छ ।

राँचीमा इङ्ल्यान्डले प्रस्तुत गरेको १९२ रनको लक्ष्य भारतले पाँच विकेट गुमाउँदै पूरा गर्यो । ४०-० को अवस्थाबाट चौथो दिनको सुरुआत गरेको भारतले पाँच विकेट गुमाउँदै बाँकी १५२ रन बनायो ।

भारतका लागि कप्तान रोहित शर्माले ८१ बलमा पाँच चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी शुमन गिलले १२४ बलमा दुई छक्काको मद्दतले अविजित ५२, धुव्र जुरेलले अविजित ३९ र अशस्भी जैसवालले ३७ रन बनाए ।

इङ्लयान्डका लागि शोएब बसिरले तीन तथा जो रुट र टोम हार्टीले समान एक विकेट लिए ।

दोस्रो इनिङमा इङ्ल्यान्ड १४५ रनमै समेटिएपछि भारतले १९२ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो ।

इङ्ल्यान्डका लागि ज्याक क्राउलीले ९१ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी जोनी बेयरिस्टाले ३०, कप्तान बेन स्टोक्सले १७ , बेन डुकेटले १५ र ओली पेपले ११ रन बनाए ।

भारतका लागि  रविचन्द्रन आश्विनले पाँच, कुलदीप यादवले चार र रविन्द्र जडेजाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले पहिलो इनिङमा सबै विकेट गुमाउँदै ३५३ रन बनाएको थियो । ३०७ रनमा समेटिएपछि भारत पहिलो इनिङमा ४६ रनले पछि परेको थियो ।

शृंखलाको पाँचौ तथा अन्तिम टेस्ट मार्च ७ देखि धर्मशालामा सुरु हुनेछ । यसअघि इङ्ल्यान्ड २८ रनले विजयी हुँदा भारतले १०६ र ४३४ रनको जित निकालेको थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।