चैत्र ११, २०८२ बुधबार | २३:०२:४८
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

भारतलाई टेस्ट शृंखला

काठमाडौं । चौथो टेस्टमा इङ्ल्यान्डमाथि पाँच विकेटको जित निकाल्दै घरेलु टोली भारतले एक खेल अगावै टेस्ट शृंखला आफ्नो पक्षमा पारेको छ । जितसँगै भारतले पाँच खेलको शृंखलामा ३-१ को अग्रता लिएको छ ।

राँचीमा इङ्ल्यान्डले प्रस्तुत गरेको १९२ रनको लक्ष्य भारतले पाँच विकेट गुमाउँदै पूरा गर्यो । ४०-० को अवस्थाबाट चौथो दिनको सुरुआत गरेको भारतले पाँच विकेट गुमाउँदै बाँकी १५२ रन बनायो ।

भारतका लागि कप्तान रोहित शर्माले ८१ बलमा पाँच चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी शुमन गिलले १२४ बलमा दुई छक्काको मद्दतले अविजित ५२, धुव्र जुरेलले अविजित ३९ र अशस्भी जैसवालले ३७ रन बनाए ।

इङ्लयान्डका लागि शोएब बसिरले तीन तथा जो रुट र टोम हार्टीले समान एक विकेट लिए ।

दोस्रो इनिङमा इङ्ल्यान्ड १४५ रनमै समेटिएपछि भारतले १९२ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो ।

इङ्ल्यान्डका लागि ज्याक क्राउलीले ९१ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी जोनी बेयरिस्टाले ३०, कप्तान बेन स्टोक्सले १७ , बेन डुकेटले १५ र ओली पेपले ११ रन बनाए ।

भारतका लागि  रविचन्द्रन आश्विनले पाँच, कुलदीप यादवले चार र रविन्द्र जडेजाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले पहिलो इनिङमा सबै विकेट गुमाउँदै ३५३ रन बनाएको थियो । ३०७ रनमा समेटिएपछि भारत पहिलो इनिङमा ४६ रनले पछि परेको थियो ।

शृंखलाको पाँचौ तथा अन्तिम टेस्ट मार्च ७ देखि धर्मशालामा सुरु हुनेछ । यसअघि इङ्ल्यान्ड २८ रनले विजयी हुँदा भारतले १०६ र ४३४ रनको जित निकालेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो