काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो पावर प्ले ( सुरुआती १० ) ओभरमा उत्कृष्ट प्रदर्शन गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा २ विकेट गुमाउँदै २८ रन बनाएर खेलिरहेको छ ।
नेदरल्उान्ड्सका साइब्रान्ड एङ्गेलब्रेख्त १३ र बास डी लिडे पाँच रन बनाएर खेलिरहेका छन् ।
नेपाका लागि सोमपाल कामीले एक विकेट लिए । एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।
नेपाल शृंखलमा पहिलो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । यता नेदरल्यान्ड्स पनि जितका साथ शृंखलाको सुरुआत गर्ने सोचमा छ ।
यी दुईबीचको पछिल्ला तीन खेलमा नेदल्यान्ड्स दुई र नेपाल एक खेलमा विजयी भएका छन् ।