माघ १७, २०८२ शनिबार | २१:५६:५२
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

एसोसिएटमा पहिलो बन्ने नेपालको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटे टोलीका कप्तान रोहितकुमार पौडेलले टोलीको लक्ष्य एसोसिएट राष्ट्रमा पहिलो बन्ने रहेको बताएका छन् ।

रोहितले आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखालाअघिको पत्रकार सम्मेलानमा यस्तो प्रतित्रिया दिएका हुन् । नेपालले बिहीबार नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

‘मोन्टी सर (मुख्य प्रशिक्षक मोन्टी देसाइ) आएपछि हाम्रो एउटै लक्ष्य छ । र त्यो हो एसोसिएटमा नम्बर वान बन्ने । हामी त्यही लक्ष्यका साथ लिग-२ मा आएका छौं’, बुधबार कप्तान रोहितले भने ।

यसअघि २०१९ देखि २०२३ सम्म भएको लिग-२ मा नेपालको मुख्य लक्ष्यय एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु थियो । नेपालले लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताजोगाएको थियो ।


यो शृंखला खेल्नुअघि यसै साता क्यानडासँग तीन खेलको एक दिवसीय खेलेको थियो । युवा खेलाडीलाई मौका दिइएको शृंखलामा नेपालले क्लिन स्विप गरेको थियो ।

क्यानडासँगको शृंखलाले तयारी राम्रो भएको रोहित बताउँछन् । ‘तयारीको कुरा गर्दा क्यानडासँगको शृंखला हाम्रो लागि एकदमै महत्वपूर्ण थियो । प्रधानमन्त्री कप खेलेर आएपछि त्यो समय एकदमै जरुरी थियो । सबै जना राम्रो लयमा हुनुहुन्थ्यो’, उनले भने ।

यसैगरी रोहित यस पटक लिग टुमा राम्रो सुरुआत गर्ने लक्ष्य रहेको बताउँछन् ।

‘२०१९ मा हामीले पहिलो पटक लिग-२ खेल्दा सोचे जस्तो सुरुआतत भएको थिएन । तर यस पटक त्यो जरुरी छ । यो एकदमै महत्वपूर्ण प्रतियोगिता हो’, कप्तान रोहितले भने, ‘ हामीले जसरी तयारी गरेका छौं त्यो हिसाबले राम्रो सुरुआत हुनेमा म आशावादी छु ।’

नेदरल्यान्ड्स र नामिबियासँगको खेललाई लिग-२ कै कठिन मानिएको छ । नेदरल्यान्ड्सले यसअघि टेस्ट मान्यताप्राप्त १२ टोलीसँग सुपर लिग खेलेको थियो । उता नामिबियाले गत नोभेम्बरमा जिम्बावेलाई हराउँदै विश्वकपमा छनोट भएको थियो ।

कप्तान रोहित नेदरल्यान्ड्स र नामिबियासँगको खेल प्रतिस्पर्धात्मक हुने बताउँछन्। ‘नेदरल्यान्ड्स भर्खरै एकदिवसीय विश्वकप खेलेर आएको छ । नामिाबियाले पनि एकदमै राम्रो गरिरहेको छ । मलाई विश्वास छ खेल प्रतिस्पर्धात्मक हुन्छ’, उनले भने ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।