चैत्र १३, २०८२ शुक्रबार | १९:०८:४९
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

एसोसिएटमा पहिलो बन्ने नेपालको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटे टोलीका कप्तान रोहितकुमार पौडेलले टोलीको लक्ष्य एसोसिएट राष्ट्रमा पहिलो बन्ने रहेको बताएका छन् ।

रोहितले आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखालाअघिको पत्रकार सम्मेलानमा यस्तो प्रतित्रिया दिएका हुन् । नेपालले बिहीबार नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

‘मोन्टी सर (मुख्य प्रशिक्षक मोन्टी देसाइ) आएपछि हाम्रो एउटै लक्ष्य छ । र त्यो हो एसोसिएटमा नम्बर वान बन्ने । हामी त्यही लक्ष्यका साथ लिग-२ मा आएका छौं’, बुधबार कप्तान रोहितले भने ।

यसअघि २०१९ देखि २०२३ सम्म भएको लिग-२ मा नेपालको मुख्य लक्ष्यय एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु थियो । नेपालले लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताजोगाएको थियो ।


यो शृंखला खेल्नुअघि यसै साता क्यानडासँग तीन खेलको एक दिवसीय खेलेको थियो । युवा खेलाडीलाई मौका दिइएको शृंखलामा नेपालले क्लिन स्विप गरेको थियो ।

क्यानडासँगको शृंखलाले तयारी राम्रो भएको रोहित बताउँछन् । ‘तयारीको कुरा गर्दा क्यानडासँगको शृंखला हाम्रो लागि एकदमै महत्वपूर्ण थियो । प्रधानमन्त्री कप खेलेर आएपछि त्यो समय एकदमै जरुरी थियो । सबै जना राम्रो लयमा हुनुहुन्थ्यो’, उनले भने ।

यसैगरी रोहित यस पटक लिग टुमा राम्रो सुरुआत गर्ने लक्ष्य रहेको बताउँछन् ।

‘२०१९ मा हामीले पहिलो पटक लिग-२ खेल्दा सोचे जस्तो सुरुआतत भएको थिएन । तर यस पटक त्यो जरुरी छ । यो एकदमै महत्वपूर्ण प्रतियोगिता हो’, कप्तान रोहितले भने, ‘ हामीले जसरी तयारी गरेका छौं त्यो हिसाबले राम्रो सुरुआत हुनेमा म आशावादी छु ।’

नेदरल्यान्ड्स र नामिबियासँगको खेललाई लिग-२ कै कठिन मानिएको छ । नेदरल्यान्ड्सले यसअघि टेस्ट मान्यताप्राप्त १२ टोलीसँग सुपर लिग खेलेको थियो । उता नामिबियाले गत नोभेम्बरमा जिम्बावेलाई हराउँदै विश्वकपमा छनोट भएको थियो ।

कप्तान रोहित नेदरल्यान्ड्स र नामिबियासँगको खेल प्रतिस्पर्धात्मक हुने बताउँछन्। ‘नेदरल्यान्ड्स भर्खरै एकदिवसीय विश्वकप खेलेर आएको छ । नामिाबियाले पनि एकदमै राम्रो गरिरहेको छ । मलाई विश्वास छ खेल प्रतिस्पर्धात्मक हुन्छ’, उनले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो