माघ १६, २०८२ शुक्रबार | १५:१०:०९
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

अनिल र भीमको शतकमा नेपालको ऐतिहासिक ‘क्लिन स्विप’

काठमाडौं । ओपनर अनिल शाह र तेस्रो नम्बरका ब्याटर भीम सार्कीको शतकप्रेरित नेपालले घरेलु भूमिमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत क्यानडामाथि क्लिन स्विप गरेको छ ।

नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियको एकै इनिङ्समा दुई शतक बनेको कीर्तिमानी दिनमा क्यानडा नौ विकेटले पराजित भएको हो । जितसँगै नेपालले घरेलु भूमिमा ऐतिहासिक पहिलो क्लिन स्विप गरेको हो । यसअघि नेपालले घरेलु भूमिमा भएका दुईवटा श्रृंखलामा सबै खेल जितेको थिएन ।

नेपालले सन् २०२२ मा पपुवा न्युगिनी(पीएनजी)विरुद्ध २-० को हार ब्यहोरेको थियो । त्यही वर्ष सम्पन्न संयुक्त अरब इमिरेट्स(युएई)विरुद्धको श्रृंखलमा नेपाल २-१ ले विजयी भएको थियो ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  सम्पन्न खेलमा अनिल र भीमले  १८९ रनको कीर्तिमानी साझेदारी गरे । यी दुईले कुशल भुर्तेल र आशिफ सेखको १७१ रनको कीर्तिमानी साझेदारीलाई तोडेका हुन् ।

अनिल १२४ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै ११२ र भीम १२९ बलमा ११ चौका र एक छक्काको मद्धतमा १०१ रन बनाउँदै नटआउट रहे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो क्रमशः सातौं र आठौं शतक हो । टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा २३२ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभर तीन बलमा लक्ष्य पूरा गर्यो ।

क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा शतक पूरा गरेपछि नेपाली ओपनर अनिल शाह, तस्वीरः क्यान

क्यानडालाई मध्यम रनमा रोक्न नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामीले सर्वाधिक तीन तथा कुशल मल्लले दुई विकेट लिएका थिए । त्यस्तै ललित राजवंशी र अकाश चन्दले समान एक खेलाडीलाई पेभिलीयनको बाटो देखाएका थिए ।

क्यानडाका लागि ओपनर नवनीत धलिवालले अर्धशतकीय पारी खेल्दा निखिल दत्तले ४५ रन बनाए । त्यसैगरी कप्तान साद बीन जाफर ३१ रनमा अवीजित रहँदा हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।

खेलको दोस्रो ओभरको दोस्रो बलमै हेमन्त धामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका धामीले ओपनर आरोन जोन्सनलाई आउट गरेका हुन् । मात्र चार रन बनाएका जोन्सन देव खनालबाट क्याच भए ।

तीव्र गतिका बलर आकाश चन्दले १४औं ओभरको अन्तिम बलमा श्रीमान्थ विजेरत्नको विकेट लिएपछि नेपालले दोस्रो सफलता हासिल गर्यो । २८ बलमा २२ रन जोडेका विजेरत्न कप्तान रोहित पौडेलबाट क्याच भएका थिए ।

चार ओभरपछि कुशल मल्लले नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले निकोलस र्कीतनलाई पेभिलीयन फर्काए । मात्र तीन रन जोडेका र्कीतन भीमबाट क्याच भएका थिए ।

तेस्रो विकेटपछि ओपनर धलिवाल र पाँचौं नम्बरका ब्याटर हर्ष थेकरले पारी सम्हाल्ने कोशिस गरेका थिए । तर, ३० रनको साझेदारी ब्रेक गर्दै ललित राजवंशीले धलिवालको विकेट लिए । ८२ बलमा ५० रन जोडेका धलिवाल आकाशबाट क्याच भएका थिए ।

धलिवाल पेभिलीयन फर्किएपछि क्रिजमा आएका श्रेयस मोब्बाले थेकरसँग मात्र ३१ रनको साझेदारी गर्न सके । व्यक्तिगत दोस्रो विकेट लिएका कुशलले ५७ बलमा २९ रन जोडेका थेकरलाई एलबीडब्लुको शिकार बनाए ।

क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा शतक पूरा गरेपछि नेपाली खेलाडी भीम सार्की, तस्वीरः क्यान

थेकर आउट भएपछि क्यानडाको लडबडिएको इनिङ्स निखिलले सम्हाले । भिम सार्कीबाट रन आउट हुनुअघि निखिलले श्रेयस मोब्बासँग मिलेर ५४ रनको साझेदारी गरे । ६२ बल खेलेका निखिल अर्धशतक बनाउन मात्र पाँच रनले चुके ।

छैटौं विकेट गुमाएको २७ रनपछि क्यानडाले मोब्बालाई २५ रनमा गुमायो । हेमन्तको व्यक्तिगत दोस्रो विकेटमा मोब्बा पेभिलीयन फर्किएका हुन् । उनी कुशल भुर्तेलबाट क्याच भएका हुन् । त्यसको पाँच रनपछि नै क्यानडाले आठौं विकेट गुमायो । यसपाली डिल्लोन हेलिगर हेमन्तको शिकार बनेका थिए ।

नेपालको फराकिलो जितमा बलर उदय भगवान महंगा सावित भए । ६ ओभर दुई बलमा भगवानले ५० रन खर्चिए । क्यानडाका लागि एक मात्र विकेट डिल्लो हेलिगरले लिएका हुन् ।

आक्रमक सुरुआत गरेको नेपालले कुशल भुर्तेललाई गुमाएको थियो । १४ बलमा तीन चौक्का प्रहार गरेका भुर्तेल १३ रन बनाउँदै पेभिलीयन फर्किएका थिए । उनलाई पाँचौं ओभरको पाँचौं बलमा  हेलिगरले पेभिलीयनको बाटो देखाएका थिए ।

यसअघि पाँचौं ओभरको तेस्रो बलमा भुर्तेलले जीवनदान पाएका थिए । डिल्लोले भुर्तेलको क्याच ड्रप गरेपछि क्यानडा विकेट लिनबाट चुकेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।