चैत्र ६, २०८२ शुक्रबार | ००:१३:०९
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

अनिल र भीमको शतकमा नेपालको ऐतिहासिक ‘क्लिन स्विप’

काठमाडौं । ओपनर अनिल शाह र तेस्रो नम्बरका ब्याटर भीम सार्कीको शतकप्रेरित नेपालले घरेलु भूमिमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत क्यानडामाथि क्लिन स्विप गरेको छ ।

नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियको एकै इनिङ्समा दुई शतक बनेको कीर्तिमानी दिनमा क्यानडा नौ विकेटले पराजित भएको हो । जितसँगै नेपालले घरेलु भूमिमा ऐतिहासिक पहिलो क्लिन स्विप गरेको हो । यसअघि नेपालले घरेलु भूमिमा भएका दुईवटा श्रृंखलामा सबै खेल जितेको थिएन ।

नेपालले सन् २०२२ मा पपुवा न्युगिनी(पीएनजी)विरुद्ध २-० को हार ब्यहोरेको थियो । त्यही वर्ष सम्पन्न संयुक्त अरब इमिरेट्स(युएई)विरुद्धको श्रृंखलमा नेपाल २-१ ले विजयी भएको थियो ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  सम्पन्न खेलमा अनिल र भीमले  १८९ रनको कीर्तिमानी साझेदारी गरे । यी दुईले कुशल भुर्तेल र आशिफ सेखको १७१ रनको कीर्तिमानी साझेदारीलाई तोडेका हुन् ।

अनिल १२४ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै ११२ र भीम १२९ बलमा ११ चौका र एक छक्काको मद्धतमा १०१ रन बनाउँदै नटआउट रहे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो क्रमशः सातौं र आठौं शतक हो । टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा २३२ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभर तीन बलमा लक्ष्य पूरा गर्यो ।

क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा शतक पूरा गरेपछि नेपाली ओपनर अनिल शाह, तस्वीरः क्यान

क्यानडालाई मध्यम रनमा रोक्न नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामीले सर्वाधिक तीन तथा कुशल मल्लले दुई विकेट लिएका थिए । त्यस्तै ललित राजवंशी र अकाश चन्दले समान एक खेलाडीलाई पेभिलीयनको बाटो देखाएका थिए ।

क्यानडाका लागि ओपनर नवनीत धलिवालले अर्धशतकीय पारी खेल्दा निखिल दत्तले ४५ रन बनाए । त्यसैगरी कप्तान साद बीन जाफर ३१ रनमा अवीजित रहँदा हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।

खेलको दोस्रो ओभरको दोस्रो बलमै हेमन्त धामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका धामीले ओपनर आरोन जोन्सनलाई आउट गरेका हुन् । मात्र चार रन बनाएका जोन्सन देव खनालबाट क्याच भए ।

तीव्र गतिका बलर आकाश चन्दले १४औं ओभरको अन्तिम बलमा श्रीमान्थ विजेरत्नको विकेट लिएपछि नेपालले दोस्रो सफलता हासिल गर्यो । २८ बलमा २२ रन जोडेका विजेरत्न कप्तान रोहित पौडेलबाट क्याच भएका थिए ।

चार ओभरपछि कुशल मल्लले नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले निकोलस र्कीतनलाई पेभिलीयन फर्काए । मात्र तीन रन जोडेका र्कीतन भीमबाट क्याच भएका थिए ।

तेस्रो विकेटपछि ओपनर धलिवाल र पाँचौं नम्बरका ब्याटर हर्ष थेकरले पारी सम्हाल्ने कोशिस गरेका थिए । तर, ३० रनको साझेदारी ब्रेक गर्दै ललित राजवंशीले धलिवालको विकेट लिए । ८२ बलमा ५० रन जोडेका धलिवाल आकाशबाट क्याच भएका थिए ।

धलिवाल पेभिलीयन फर्किएपछि क्रिजमा आएका श्रेयस मोब्बाले थेकरसँग मात्र ३१ रनको साझेदारी गर्न सके । व्यक्तिगत दोस्रो विकेट लिएका कुशलले ५७ बलमा २९ रन जोडेका थेकरलाई एलबीडब्लुको शिकार बनाए ।

क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा शतक पूरा गरेपछि नेपाली खेलाडी भीम सार्की, तस्वीरः क्यान

थेकर आउट भएपछि क्यानडाको लडबडिएको इनिङ्स निखिलले सम्हाले । भिम सार्कीबाट रन आउट हुनुअघि निखिलले श्रेयस मोब्बासँग मिलेर ५४ रनको साझेदारी गरे । ६२ बल खेलेका निखिल अर्धशतक बनाउन मात्र पाँच रनले चुके ।

छैटौं विकेट गुमाएको २७ रनपछि क्यानडाले मोब्बालाई २५ रनमा गुमायो । हेमन्तको व्यक्तिगत दोस्रो विकेटमा मोब्बा पेभिलीयन फर्किएका हुन् । उनी कुशल भुर्तेलबाट क्याच भएका हुन् । त्यसको पाँच रनपछि नै क्यानडाले आठौं विकेट गुमायो । यसपाली डिल्लोन हेलिगर हेमन्तको शिकार बनेका थिए ।

नेपालको फराकिलो जितमा बलर उदय भगवान महंगा सावित भए । ६ ओभर दुई बलमा भगवानले ५० रन खर्चिए । क्यानडाका लागि एक मात्र विकेट डिल्लो हेलिगरले लिएका हुन् ।

आक्रमक सुरुआत गरेको नेपालले कुशल भुर्तेललाई गुमाएको थियो । १४ बलमा तीन चौक्का प्रहार गरेका भुर्तेल १३ रन बनाउँदै पेभिलीयन फर्किएका थिए । उनलाई पाँचौं ओभरको पाँचौं बलमा  हेलिगरले पेभिलीयनको बाटो देखाएका थिए ।

यसअघि पाँचौं ओभरको तेस्रो बलमा भुर्तेलले जीवनदान पाएका थिए । डिल्लोले भुर्तेलको क्याच ड्रप गरेपछि क्यानडा विकेट लिनबाट चुकेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो