काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलामा कुशल मल्लको व्यक्तिगत दोस्रो विकेटमा नेपालले पाँचौं सफलता हासिल गरेको छ ।
कुशलले ३७औं ओेभरको पाँचौं बलमा हर्ष थेकरको विकेट लिएका हुन् । ५७ बलमा २९ रन जोडेका थेकर एलबीडब्लुको शिकार बने ।
यसअघि १८औं ओभरको अन्तिम बलमा कुशलले निकोलस र्कीतनलाई पेभिलियनको बाटो देखाएका थिए ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङको निम्तो पाएको क्यानडाले ३८ ओभरको समाप्तिमा १३२ रन बनाएको छ ।
खेलको दोस्रो ओभरको दोस्रो बलमै हेमन्त धामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका धामीले ओपनर आरोन जोन्सनलाई आउट गरेका हुन् । मात्र चार रन बनाएका जोन्सन देव खनालबाट क्याच भए ।
तीव्र गतिका बलर आकाश चन्दले १४औं ओभरको अन्तिम बलमा श्रीमान्थ विजेरत्नको विकेट लिएपछि नेपालले दोस्रो सफलता हासिल गरेको थियो । २८ बलमा २२ रन जोडेका विजेरत्न कप्तान रोहित पौडेलबाट क्याच भएका थिए ।
ललित राजवंशीले अर्धशतकीय पारी खेलेका एनएसल धलिवाललाई आउट गरेपछि क्यानडाले चौंथो विकेट गुमायो । ८२ बलमा ५० रन जोडेका धलिवाल आकाश चन्दबाट क्याच भएका हुन् ।
क्रिजमा अहिले निखिल डट्टा र श्रेयस मोब्बा क्रमशः १४ र एक रनमा ब्याटिङ गरिरहेका छन् ।
नेपाल जित निकाल्दै शृंखलामा ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छ । अघिल्ला खेलमा नेपाल सात रन र चार विकेटले विजयी भएको थियो ।
यता क्यानडा पनि जित निकाल्दै ‘क्लिन स्विप’ बचाउने लक्ष्यमा छ ।