चैत्र १४, २०८२ शनिबार | ०३:४४:५३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अर्धशतक प्रहार गर्दै आउट भए धलिवाल, क्यानडाको एक सय रन पूरा

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलामा ललित राजवंशीको विकेटमा नेपालले चौंथो सफलता हासिल गरेको छ ।

ललितले अर्धशतकीय पारी खेलेका एनएसल धलिवाललाई आउट गरेका हुन् । ८२ बलमा ५० रन जोडेका धलिवाल आकाश चन्दबाट क्याच भएका हुन् ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङको निम्तो पाएको क्यानडाले २८ ओभरको समाप्तिमा १०३ रन बनाएको छ ।

खेलको दोस्रो ओभरको दोस्रो बलमै हेमन्त धामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका धामीले ओपनर आरोन जोन्सनलाई आउट गरेका हुन् । मात्र चार रन बनाएका जोन्सन देव खनालबाट क्याच भए ।

आकाशले १४औं ओभरको अन्तिम बलमा श्रीमान्थ विजेरत्नको विकेट लिएका हुन् । २८ बलमा २२ रन जोडेका विजेरत्न कप्तान रोहित पौडेलबाट क्याच भएका थिए ।

१८औं ओभरको अन्तिम बलमा कुशलले निकोलस र्कीतनलाई पेभिलियनको बाटो देखाए ।

क्रिजमा अहिले हर्ष थेकर र निखिल डट्टा क्रमशः १९ र ३ रनमा ब्याटिङ गरिरहेका छन् ।

नेपाल जित निकाल्दै शृंखलामा ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छ । अघिल्ला खेलमा नेपाल सात रन र चार विकेटले विजयी भएको थियो । यता क्यानडा पनि जित निकाल्दै ‘क्लिन स्विप’ बचाउने लक्ष्यमा छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो