माघ १९, २०८२ सोमबार | ०२:०७:५१
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

प्रदीप चम्किँदा मधेशको रोमाञ्चक जित

काठमाडौं । प्रदीप पासवानको उत्कृष्ट बलिङप्रेरित मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि नौ रनको रोमाञ्चक जित निकालेको छ ।

जितसँगै नौ खेलमा १२ अंक जोडेको मधेश तेस्रो स्थानमा छ । पराजय ब्यहोरेको लुम्बिनी सात खेलबाट दुई अंकका साथ नवौं स्थानमा छ ।

मुलपानी क्रिकेट मैदान आइतबार मधेशले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.५ ओभरमा १ सय ६० रनमा समेटियो ।

लुम्बिनीका लागि प्रज्ज्वल थापाले ७९ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे । यसैगरी अविशेक गौतमले २६, दिलसद अलीले २२ र मृनाल गुरुङले २१ रन बनाए ।

मधेशका लागि प्रदीप पासवानले नौ ओभरमा ३० रन खर्चिदै ६ विकेट लिए । यसैगरी अविशेक तिवारीले दुई तथा रुपेश सिंह र कप्तान हरिशंकर शाहले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६९ रनको योगफल तयार पारेको थियो ।

मधेशका लागि अर्निको यादवले ३८, पवन सराफ र अविशेक तिवारीले समान २६, मायन यादवले २२, अनिल शाहले १६ र प्रदीप पासवानले १० रन बनाए ।

लुम्बिनीका लागि वीर मगरले ८.३ ओभरमा ३४ रन खर्चिदै चार विकेट लिए । यसैगर अविशेक गौतमले तीन तथा कृष्ण कार्की र मोहम्मद हुसेनले समान एक विकेट लिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।