चैत्र ८, २०८२ आइतबार | ०७:३२:३९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

प्रदीप चम्किँदा मधेशको रोमाञ्चक जित

काठमाडौं । प्रदीप पासवानको उत्कृष्ट बलिङप्रेरित मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि नौ रनको रोमाञ्चक जित निकालेको छ ।

जितसँगै नौ खेलमा १२ अंक जोडेको मधेश तेस्रो स्थानमा छ । पराजय ब्यहोरेको लुम्बिनी सात खेलबाट दुई अंकका साथ नवौं स्थानमा छ ।

मुलपानी क्रिकेट मैदान आइतबार मधेशले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.५ ओभरमा १ सय ६० रनमा समेटियो ।

लुम्बिनीका लागि प्रज्ज्वल थापाले ७९ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे । यसैगरी अविशेक गौतमले २६, दिलसद अलीले २२ र मृनाल गुरुङले २१ रन बनाए ।

मधेशका लागि प्रदीप पासवानले नौ ओभरमा ३० रन खर्चिदै ६ विकेट लिए । यसैगरी अविशेक तिवारीले दुई तथा रुपेश सिंह र कप्तान हरिशंकर शाहले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६९ रनको योगफल तयार पारेको थियो ।

मधेशका लागि अर्निको यादवले ३८, पवन सराफ र अविशेक तिवारीले समान २६, मायन यादवले २२, अनिल शाहले १६ र प्रदीप पासवानले १० रन बनाए ।

लुम्बिनीका लागि वीर मगरले ८.३ ओभरमा ३४ रन खर्चिदै चार विकेट लिए । यसैगर अविशेक गौतमले तीन तथा कृष्ण कार्की र मोहम्मद हुसेनले समान एक विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो