माघ १५, २०८२ बिहीबार | १०:४२:४४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

पुलिसको विजयी यात्रा छैटौं खेलसम्म पनि जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ ।

पुलिसले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा कर्णाली प्रदेशमाथि ६ विकेटको जित निकालेको हो ।

जितसँगै ६ खेलमा १२ अंक जोडेको पुलिस शीर्ष स्थानमा कामय छ । चौथो हारसँगै सात खेलमा ६ अंकका साथ सातौं स्थानमा छ ।

पुलिसका लागि दिलिप नाथले ६२ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ७५ रन बनाए  । यसैगरी कुशल भुर्तेलले ४३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए ।

कर्णालीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पुलिसले २३.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

दिलिपले तेस्रो विकेटका लागि दीपेन्द्रसँग ७२ र पहिलो विकेटका लागि कुशलसँग ५८ रनको साझेदारी गरे । कर्णालीका लागि प्रकाश जैसीले दुई तथा दिवान पुन र दीपेन्द्र रावतले  समान एक विकेट लिए ।

निश्चल रावल

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७१ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि निश्चल रावलले १ सय ७ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी कप्तान रविन्द्र शाहीले ४०,अर्जुन घर्तीले २३ र दिनेश अधिकारीले २० रन बनाए ।

निश्चलले पहिलो विकेका लागि रविन्द्रसँग ६३ रनको साझेदारी गरे । पुलिसका लागि सागर ढकालले तीन, ललित भण्डारीले दुई तथा दीपेन्द्रसिंह ऐरी, ललितनाराण राजवंशी र कुशल भुर्तेलले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।