चैत्र ८, २०८२ आइतबार | १३:४५:३४
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

पुलिसको विजयी यात्रा छैटौं खेलसम्म पनि जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ ।

पुलिसले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा कर्णाली प्रदेशमाथि ६ विकेटको जित निकालेको हो ।

जितसँगै ६ खेलमा १२ अंक जोडेको पुलिस शीर्ष स्थानमा कामय छ । चौथो हारसँगै सात खेलमा ६ अंकका साथ सातौं स्थानमा छ ।

पुलिसका लागि दिलिप नाथले ६२ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ७५ रन बनाए  । यसैगरी कुशल भुर्तेलले ४३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए ।

कर्णालीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पुलिसले २३.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

दिलिपले तेस्रो विकेटका लागि दीपेन्द्रसँग ७२ र पहिलो विकेटका लागि कुशलसँग ५८ रनको साझेदारी गरे । कर्णालीका लागि प्रकाश जैसीले दुई तथा दिवान पुन र दीपेन्द्र रावतले  समान एक विकेट लिए ।

निश्चल रावल

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७१ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि निश्चल रावलले १ सय ७ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी कप्तान रविन्द्र शाहीले ४०,अर्जुन घर्तीले २३ र दिनेश अधिकारीले २० रन बनाए ।

निश्चलले पहिलो विकेका लागि रविन्द्रसँग ६३ रनको साझेदारी गरे । पुलिसका लागि सागर ढकालले तीन, ललित भण्डारीले दुई तथा दीपेन्द्रसिंह ऐरी, ललितनाराण राजवंशी र कुशल भुर्तेलले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो