चैत्र १७, २०८२ मंगलबार | ०१:१६:३४
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

प्रो क्लब च्याम्पियनसिपः एपिएफले पर्सालाई हरायो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एपिएफ क्लब नेपाल प्रो क्लब च्याम्पियनसिपमा क्लब ११ माथि आठ रनको रोमाञ्चक जित निकालेको छ ।

जितका बाबजुत एपिएफले सेमिफाइनलमा स्थान बनाउन भने सकेन । पर्सा र वन्डर्स क्लब नोयडासँग समान भएपनि रनरेटमा पछि पर्दा एपिएफको यात्रा लिग चरणमै सिमित बन्याे । 

तीनै टोलीले पाँच खेलमा समान चार अंक जोडेका थिए । तर रनरेटमाअघि रहँदा वन्डर्स तेस्रो र पर्सा चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरे । एपिएफ पाँचौं स्थानमा रह्यो । वन्डर्सको रनरेट-०.४८२, पर्साको -०.७६१ र एपिएफको -१.२५४ रह्यो ।

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार एपिएफले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य पछ्याएको पर्साले २० ओभर नै ब्याटिङ गरेपनि १ सय २० रन मात्र बनाउन सक्यो ।

पर्साका लागि रुपेश सिंहले अविजित ४६, अनिल शाहले १६ तथा इम्रान शेख र सुरज पटेलले समान १५ रन बनाए । एपिएफका लागि अविनाश बोहरा, रमेश कुर्मी र श्याम ढकाल (मौसम) ले समान दुई तथा अमरसिंह रौटेलोले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय २८ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि कप्तान प्रदीप ऐरीले ४२ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी लोकेश बमले १९, पुर्ण विकले १८, अविनाश बोहराले अविजित १४ र सुमित महर्जनले १३ रन बनाए ।

चौथो विकेटका लागि प्रदीप र पूर्णले ४६ रनको साझेदारी गरे । पर्साका लागि  रन्जित कुमार र कप्तान सन्दीप लामिछानेले समान दुई तथा पवन सराफ र अनिल शाहले समान एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो