माघ १८, २०८२ आइतबार | १२:२८:५८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

प्रो क्लब च्याम्पियनसिपः एपिएफले पर्सालाई हरायो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एपिएफ क्लब नेपाल प्रो क्लब च्याम्पियनसिपमा क्लब ११ माथि आठ रनको रोमाञ्चक जित निकालेको छ ।

जितका बाबजुत एपिएफले सेमिफाइनलमा स्थान बनाउन भने सकेन । पर्सा र वन्डर्स क्लब नोयडासँग समान भएपनि रनरेटमा पछि पर्दा एपिएफको यात्रा लिग चरणमै सिमित बन्याे । 

तीनै टोलीले पाँच खेलमा समान चार अंक जोडेका थिए । तर रनरेटमाअघि रहँदा वन्डर्स तेस्रो र पर्सा चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरे । एपिएफ पाँचौं स्थानमा रह्यो । वन्डर्सको रनरेट-०.४८२, पर्साको -०.७६१ र एपिएफको -१.२५४ रह्यो ।

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार एपिएफले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य पछ्याएको पर्साले २० ओभर नै ब्याटिङ गरेपनि १ सय २० रन मात्र बनाउन सक्यो ।

पर्साका लागि रुपेश सिंहले अविजित ४६, अनिल शाहले १६ तथा इम्रान शेख र सुरज पटेलले समान १५ रन बनाए । एपिएफका लागि अविनाश बोहरा, रमेश कुर्मी र श्याम ढकाल (मौसम) ले समान दुई तथा अमरसिंह रौटेलोले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय २८ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि कप्तान प्रदीप ऐरीले ४२ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी लोकेश बमले १९, पुर्ण विकले १८, अविनाश बोहराले अविजित १४ र सुमित महर्जनले १३ रन बनाए ।

चौथो विकेटका लागि प्रदीप र पूर्णले ४६ रनको साझेदारी गरे । पर्साका लागि  रन्जित कुमार र कप्तान सन्दीप लामिछानेले समान दुई तथा पवन सराफ र अनिल शाहले समान एक विकेट लिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।