चैत्र १६, २०८२ सोमबार | ०८:२२:४४
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

नेत्रहिन क्रिकेटः पहिलो खेलमा नेपाल पराजित

फाइल तस्बिर

काठमाडौं । घरेलु टोली भारतविरुद्धको नेत्रहिन महिला ट्वान्टी २० शृखंलाको पहिलो खेलमा नेपाल ८ रनले पराजित भएको छ ।

मुम्बाईमा सोमबार सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरेपनि चार विकेट गुमाउँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि विनिता पुनले ६० बलमा ११ चौकाको मद्दतले सर्वाधिक ९२ रनको योगदान गरिन् । यसैगरी मनकेशी चौधरीले ३६ र सृजना परियारले ३० रन बनाए ।

विनिताले पहिलो विकेटका लागि मनकेशीसँग १ सय ९ र दोस्रो विकेटका लागि सृजनासँग ६१ रनको साझेदारी गरिन् । भारतका लागि फुला सरेनले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९४ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि सुस्मा पाटिलले ४१, रभानीले अविजित ३८, फुला सरेनले २८ सुनिता श्राथेले २५, सिमु दासले १६ र प्रीतिबेन दसाईले अविजित १३ रन जोडे ।

दोस्रो विकेटका लागि सुस्मा र सुनिताले ६८ रनको साझेदारी गरे ।  नेपालका लागि मुना अर्यालले १ विकेट लिइन् ।

जितसँगै भारतले पाँच खेलको शृखंलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल मंगलबार हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो