चैत्र १७, २०८२ मंगलबार | १४:२४:४२
दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित

भारतलाई अस्ट्रेलियाविरुद्धको ट्वान्टी २० शृखंला

काठमाडौं । घरेलु टोली भारतले चौथो खेलमा अस्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

जितसँगै भारतले पाँच खेलको शृखंलामा ३-१ ले अगाडि बढेको छ । भारत पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो ।  अस्ट्रेलिया तेस्रो खेलमा पाँच विकेटले विजयी भएको थियो ।

रायपुरस्थित सहिद वीरनारायण सिंह क्रिकेट रंगशालामा १ सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा  सात विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाउन सक्यो  ।

अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले २३ बलमा समान दुई चौका र छक्काको मद्दतमा अविजित रहँदै सर्वाधिक ३६ रनको योगदान गरे ।  यसैगरी ट्रविस हेडले ३१, म्याथ्यु सर्टले २२, तथा बेन म्याकमरमोट र टिम डेविडले समान १९ बनाए ।

भारतका लागि अक्षर पटेलले तीन, दीपक चाहरले दुई तथा रवि विश्रोई र आवेश खानले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रनको योगफल तयार पारेको थियो । 

भारतका लागि  रिंकु सिंहले २९ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ४६ रन बनाए । यशस्वी जैसबालले ३७, जितेश शर्माले ३५, रुतुराज गायकवाडले ३२ जोडे । 

पहिलो विकेटका लागि यशस्वी र रुतुराजले ५० रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाका बेन ड्वाशिुसले तीन तथा जेसन बेहरनडोर्फ र तनवीर संघा समान दुई विकेट लिए ।

भारत पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । अस्ट्रेलिया तेस्रो खेलमा पाँच विकेटले विजयी भएको थियो ।

शृखंलाको पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो