चैत्र १७, २०८२ मंगलबार | ०८:२४:४०
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको कप्तानीमा बागमती प्रदेशले पोखरामा हुने केपी ओली कप ट्वान्टी २० प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीमा सिनियर टोलीका प्रतिश जिसी र नेपाली टोलीबाट खेलीसकेका इशान पाण्डे अटाउँदा सूर्य तामाङलाई भने समेटिएको छैन ।

सन्दिपले २०२१ को इपिएलपछि पहिलोपटक घरेलु क्रिकेट खेल्न लागेका हुन् । त्यो समय उनले काठमाडौ किंग्स ११ बाट कप्तानी गरेका थिए । 

मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा हुने प्रतियोगिता मंसिर ८ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुनेछ ।

समूह ‘ए’ मा बागमती, कर्णाली प्रदेश मदन भण्डारी स्पोर्टस एकेडेमी रेड तथा समूह ‘बी’ मा एपिएफ, गण्डकी र लुम्बिनी प्रदेश छन् । 

यसैगरी समूह ‘सी’ मा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेश तथा समूह ‘डी’ मा आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ब्लु छन् । हरेक समुह शिर्ष टोलीले सेमिफाइनल खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै सर्वोकृष्ट खेलाडी ३० हजार, उत्कृष्ट ब्याटर र बलरले २० हजार तथा ‘म्यान अफ द म्याच’ ले  ५  हजार रूपैयाँ प्राप्त पाउनेछन् ।

बागमतीको टोलीः

सन्दीप लामिछाने ( कप्तान), प्रतिश जिसी, इशान पान्डे, रामनरेश गिरी, शुभ कान्साकार, आषुतोश घिरैया, रित गौतम, गौरव खड्का (विकेटकिपर), रोशन विक, प्रतीक श्रेष्ठ, सोनु देवकोटा,सुवाश खत्री, दिपेश श्रेष्ठ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो