चैत्र १३, २०८२ शुक्रबार | २१:२१:४३
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

इलिङवर्थ र केटलबराले विश्वकप फाइनल खेलाउने

काठमाडौं । इङ्लिस अम्पायरद्वय रिचर्ड इलिङ्वर्थ र रिचर्ड केटलबराले आइसिसी पुरुष एकदिवसीय विश्वकप २०२३ को फाइनल खेल खेलाउने भएका छन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार आयोजक भारतले पाँचपटकको विजेता अस्ट्रेलियाको सामना गर्नेछ ।

यी इङ्लिस अम्पायरले विश्व क्रिकेटकै सबैभन्दा ठूलो खेल खेलाउन लागेका हुन् ।

केटलबराका लागि यो दोस्रो फाइनल अनुभव हुनेछ । यसअघि केटलबराले २०१५ को विश्वकप फाइनल खेलाएका थिए । त्यति बेला उनका सहकर्मी थिए श्रीलंकाका कुमार धर्मसेना । आठ वर्ष अगाडि भएको उक्त फाइनलमा अस्ट्रेलियाले घरेलु मैदान, मेलबर्न रंगशालामा न्युजिल्यान्डलाई पराजित गरेको थियो ।

मेलबर्नमा त्यतीबेला ९३ हजार दर्शकको उपस्थिति थियो । यो संख्या आइतबार बढ्ने निश्चित जस्तै छ । अहमदावादमा करिब १ लाख दर्शक फाइनल हेर्न उपस्थित हुने अनुमान गरिएको छ । जहाँ घरेलु समर्थकको बाहुल्यता हुनेछ । उनीहरुको एउटै चाहना हुनेछ, फेरि पनि घरेलु मैदानमा उपाधि जितेको हेर्ने । यसअघि भारतले २०११ मा घरेलु भूमिमा विश्वकप उचालेको थियो ।

इलिङवर्थका लागि पनि यो दोस्रो फाइनल अनुभव हुनेछ । अम्पायरका रुपमा भने पहिलो । १९९२ विश्वकप फाइनलमा इङ्ल्यान्ड पाकिस्तानसँग २२ रनले पराजित भएको थियो । त्यतिबेला इलिङवर्थ टोलीका प्रमुख बलर थिए ।

अहमदाबादमा आइतबार जोयल विल्सन थर्ड अम्पायर, क्रीस गफाने फोर्थ अम्पायर र एन्डी पाइक्रफ्ट म्याच रेफ्रीको भूमिकामा हुनेछन् । यी सबै सेमिफाइनलमा पनि अफिसियट टिमको  हिस्सा थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो