माघ १८, २०८२ आइतबार | ०१:१६:१७
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

इलिङवर्थ र केटलबराले विश्वकप फाइनल खेलाउने

काठमाडौं । इङ्लिस अम्पायरद्वय रिचर्ड इलिङ्वर्थ र रिचर्ड केटलबराले आइसिसी पुरुष एकदिवसीय विश्वकप २०२३ को फाइनल खेल खेलाउने भएका छन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार आयोजक भारतले पाँचपटकको विजेता अस्ट्रेलियाको सामना गर्नेछ ।

यी इङ्लिस अम्पायरले विश्व क्रिकेटकै सबैभन्दा ठूलो खेल खेलाउन लागेका हुन् ।

केटलबराका लागि यो दोस्रो फाइनल अनुभव हुनेछ । यसअघि केटलबराले २०१५ को विश्वकप फाइनल खेलाएका थिए । त्यति बेला उनका सहकर्मी थिए श्रीलंकाका कुमार धर्मसेना । आठ वर्ष अगाडि भएको उक्त फाइनलमा अस्ट्रेलियाले घरेलु मैदान, मेलबर्न रंगशालामा न्युजिल्यान्डलाई पराजित गरेको थियो ।

मेलबर्नमा त्यतीबेला ९३ हजार दर्शकको उपस्थिति थियो । यो संख्या आइतबार बढ्ने निश्चित जस्तै छ । अहमदावादमा करिब १ लाख दर्शक फाइनल हेर्न उपस्थित हुने अनुमान गरिएको छ । जहाँ घरेलु समर्थकको बाहुल्यता हुनेछ । उनीहरुको एउटै चाहना हुनेछ, फेरि पनि घरेलु मैदानमा उपाधि जितेको हेर्ने । यसअघि भारतले २०११ मा घरेलु भूमिमा विश्वकप उचालेको थियो ।

इलिङवर्थका लागि पनि यो दोस्रो फाइनल अनुभव हुनेछ । अम्पायरका रुपमा भने पहिलो । १९९२ विश्वकप फाइनलमा इङ्ल्यान्ड पाकिस्तानसँग २२ रनले पराजित भएको थियो । त्यतिबेला इलिङवर्थ टोलीका प्रमुख बलर थिए ।

अहमदाबादमा आइतबार जोयल विल्सन थर्ड अम्पायर, क्रीस गफाने फोर्थ अम्पायर र एन्डी पाइक्रफ्ट म्याच रेफ्रीको भूमिकामा हुनेछन् । यी सबै सेमिफाइनलमा पनि अफिसियट टिमको  हिस्सा थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।