चैत्र १५, २०८२ आइतबार | ११:३५:२९
लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज

एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने शीर्ष पाँच ब्याटर

काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपको लिग चरणका खेलहरु सकिएका छन् ।

प्रतियोगितामा सहभागि १० टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यसपटक भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा प्रवेश गरेका छन् । 

बुधबार हुने पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्ड तथा बिहीबार हुने दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै छन् । 

प्रतियोगिताको समूह चरणका खेल सकिँदा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा केही खेलाडीको प्रदर्शन भने अपेक्षा अनुरुपको हुन सकेन । 

यी हुन् समूह चरणका खेल सकिँदासम्म सर्वाधिक रन प्रहार गर्ने ५ ब्याटर

विराट कोहली
भारतका कोहली जारी प्रतियोगितामा सर्वाधिक रन प्रहार गर्ने ब्याटर हुन् । भारतलाई अपराजित रहँदै सेमिफाइन पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका कोहलीले ९ खेलमा २ शतक र ५ अर्धशतकसहित ५ सय ९४ रन बनाएका छन् । 

कोहलीको औसत ९९ र स्ट्राइक रेट ८८. ५२ छ । अविजित १ सय  ३ रन बनाउनु कोहलीको उत्कृष्ट प्रदर्शन हो ।

क्विनटन डिकक
दक्षिण अफ्रिकका डिककले कोहलीलाई पछ्याइ रहेका छन् । टोलीलाई सेमिफाइन पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका डिककले ९ खेलमा ४ शतकसहित ५ सय ९१ रन बनाएका छन् । 

डिकको औसत ६५.६७ र स्ट्राइक रेट १०९.२४ छ । १ सय ७४ रन बनाउनु डिककको उत्कृष्ट प्रदर्शन हो ।

रचिन रविन्द्र

न्युजिल्यान्डका रविन्द्रले पहिलो विश्वकपमै उत्कृष्ट प्रलर्शन गरिरहेका छन् । सर्वाधिन रन प्रहार गर्ने ब्यटारको सुचीमा तेस्रो स्थानमा रहेका रविन्द्रले ९ खेलमा ३ शतक र २ अर्धशतकसहित ५ सय ६५ रन बनाएका छन् । 

रविन्द्रको औसत ७०.६२ र स्ट्राइक रेट १०८.४५ छ । १ सय २३ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो ।

रोहित शर्मा 

भारतीय कप्तान शर्मा जारी विश्वकपका गजबको प्रदर्शन गरिरहेका छन् । रोहितले ९ खेलमा १ शतक र ३ अर्धशतकसहित ५ सय ३ रन बनाएका छन् । 

रोहितको औसत ५५.८९ र स्ट्राइक रेट १२१.५० छ । १ सय ३१ रन बनाउनु रोहितको उत्कृष्ट प्रदर्शन हो । 

डेविड वार्नर 

अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्याउन वार्नरले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । वार्नरले ९ खेलमा समान २ शतक र अर्धशतसहित ४ सय ९९ रन बनाएका छन् । 

वार्नरको औसत ५५.४४ र स्ट्राइक रेट १०५.५० छ । १ सय ६३ रन बनाउनु वार्नरको उत्कृष्ट प्रदर्शन हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो