चैत्र १०, २०८२ मंगलबार | ०९:२८:२५
पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात

ट्वान्टी २० विश्वकप छनोटः सेमिफाइनल समिकरण पूरा

काठमाडौं । नेपालमा जारी आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनल समिकरण पूरा भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय र मुलपानी क्रिकेट मैदान (माथिल्लो)मा समान दुई खेल सम्पन्न भए ।  समूह ‘ए’ बाट ओमान र नेपाल तथा समूह ‘बी’  बाट संयुक्त अरब इमिरेट्स( युएई) र बहराइनले अन्तिम चारमा स्थान बनाए ।

यसैगरी समूह ‘ए’ का मलेसिया र सिंगापुर तथा समूह ‘बी’ का हङकङ र कुवेतको यात्रा भने अगाडि बढ्न सकेन ।


सिंगापुर जितविहिन हुने एक्लो टोली

प्रतियोगितामा सहभागी आठ टोलीमध्ये सिंगापुरले मात्र जित हासिल गर्न सकेन ।सिंगापुर कीर्तिपुरमा समूह चरणको अन्तिम खेलमा मलेसियासँग ६० रनले पराजित भएको थियो ।

१ सय ९९ रनको लक्ष्य पछ्याएको सिंगापुर १७.५ ओभरमा १ सय ३८ रनमै समेटियो ।

सिंगापुरका लागि कप्तान अरित्रा दत्तले ३१ बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ९८ रनको योगफलत तयार पारेको थियो ।

मलेसियाका लागि कप्तान अहमद फैजले ६१ बलमा ६ छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे ।

नेपाल ओमानसँग पराजित

कीर्तिपुरमै नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो । यो हारसँगै नेपालले समूह विजेता बन्ने अवसर पनि गुमायो ।

ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमै समेटियो । नेपालका लागि विवेक यादवले पाँच छक्कको मद्दतल सर्वाधिक ३९ रनको योगदान गरे ।

नेपाललाई हराएको ओमान अपराजित रहँदै समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्यो ।

भाग्यमानी बहराइन

समूह चरणको अन्तिम खेलमा बिहीबार कुवेतसँग चार विकेटले पराजित भए पनि बहराइन सेमिफाइनलमा स्थान बनायो ।
समान अंक भए पनि हङकङ र कुवेतलाई नेटरनरेटको आधारमापछि पर्दै बहराइन समूह ‘बी’को उपविजेता बनेको हो ।

बहराइन, हङकङ र कुवेतको समान २ अंक थियो । तर बहराइनको नेटरनरेट माइनस ०.३९८, हङकङको माइनस ०.४३३ र कुवेतको माइनस ०.६४९ रह्यो ।

मुलपानीमा बहराइनले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य कुवेतले १६।३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

कुवेतका लागि उस्मान उस्मान पटेलले ३४ बलमा ६ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५८ रनको योगफल तयार पारेको थियो ।

बहराइनका इम्रान अनवरले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतले सर्वाधिक ३७ रनको योगदान गरे ।

युएई अपराजित रहँदै समूह विजेता

मुलपनीमा हङकङलाई २२ रनले स्तब्ध युएई बनाउँदै समूह विजेता बन्यो ।

 युएईले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।

हङकङका लागि अन्शुमन रथले ४७ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान गरे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल तयार पारेको थियो ।  

युएईका लागि बसिल हामिदले २९ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५१ रनको योगदान गरे ।

दुवै सेमिफाइनल शुक्रबार

प्रतियोगिताको दुवै सेमिफाइनल शुक्रबार हुनेछ । जित हात पार्दै फाइनलमा स्थान बनाउने टोलीले आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० खेल कप खेल्न पाउनेछन् ।

मुलपानीमा हुने खेलमा नेपाल र युएई आमने सामने हुने छन् । यसैगरी कीर्तिपुरमा ओमान र कुवेत प्रतिस्पर्धा गर्नेछन् । दुवै सेमिफाइनल बिहान ११ बजे सुरु हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो