माघ १६, २०८२ शुक्रबार | १३:१२:१५
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

ट्वान्टी २० विश्वकप छनोटः सेमिफाइनल समिकरण पूरा

काठमाडौं । नेपालमा जारी आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनल समिकरण पूरा भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय र मुलपानी क्रिकेट मैदान (माथिल्लो)मा समान दुई खेल सम्पन्न भए ।  समूह ‘ए’ बाट ओमान र नेपाल तथा समूह ‘बी’  बाट संयुक्त अरब इमिरेट्स( युएई) र बहराइनले अन्तिम चारमा स्थान बनाए ।

यसैगरी समूह ‘ए’ का मलेसिया र सिंगापुर तथा समूह ‘बी’ का हङकङ र कुवेतको यात्रा भने अगाडि बढ्न सकेन ।


सिंगापुर जितविहिन हुने एक्लो टोली

प्रतियोगितामा सहभागी आठ टोलीमध्ये सिंगापुरले मात्र जित हासिल गर्न सकेन ।सिंगापुर कीर्तिपुरमा समूह चरणको अन्तिम खेलमा मलेसियासँग ६० रनले पराजित भएको थियो ।

१ सय ९९ रनको लक्ष्य पछ्याएको सिंगापुर १७.५ ओभरमा १ सय ३८ रनमै समेटियो ।

सिंगापुरका लागि कप्तान अरित्रा दत्तले ३१ बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ९८ रनको योगफलत तयार पारेको थियो ।

मलेसियाका लागि कप्तान अहमद फैजले ६१ बलमा ६ छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे ।

नेपाल ओमानसँग पराजित

कीर्तिपुरमै नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो । यो हारसँगै नेपालले समूह विजेता बन्ने अवसर पनि गुमायो ।

ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमै समेटियो । नेपालका लागि विवेक यादवले पाँच छक्कको मद्दतल सर्वाधिक ३९ रनको योगदान गरे ।

नेपाललाई हराएको ओमान अपराजित रहँदै समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्यो ।

भाग्यमानी बहराइन

समूह चरणको अन्तिम खेलमा बिहीबार कुवेतसँग चार विकेटले पराजित भए पनि बहराइन सेमिफाइनलमा स्थान बनायो ।
समान अंक भए पनि हङकङ र कुवेतलाई नेटरनरेटको आधारमापछि पर्दै बहराइन समूह ‘बी’को उपविजेता बनेको हो ।

बहराइन, हङकङ र कुवेतको समान २ अंक थियो । तर बहराइनको नेटरनरेट माइनस ०.३९८, हङकङको माइनस ०.४३३ र कुवेतको माइनस ०.६४९ रह्यो ।

मुलपानीमा बहराइनले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य कुवेतले १६।३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

कुवेतका लागि उस्मान उस्मान पटेलले ३४ बलमा ६ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५८ रनको योगफल तयार पारेको थियो ।

बहराइनका इम्रान अनवरले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतले सर्वाधिक ३७ रनको योगदान गरे ।

युएई अपराजित रहँदै समूह विजेता

मुलपनीमा हङकङलाई २२ रनले स्तब्ध युएई बनाउँदै समूह विजेता बन्यो ।

 युएईले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।

हङकङका लागि अन्शुमन रथले ४७ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान गरे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल तयार पारेको थियो ।  

युएईका लागि बसिल हामिदले २९ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५१ रनको योगदान गरे ।

दुवै सेमिफाइनल शुक्रबार

प्रतियोगिताको दुवै सेमिफाइनल शुक्रबार हुनेछ । जित हात पार्दै फाइनलमा स्थान बनाउने टोलीले आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० खेल कप खेल्न पाउनेछन् ।

मुलपानीमा हुने खेलमा नेपाल र युएई आमने सामने हुने छन् । यसैगरी कीर्तिपुरमा ओमान र कुवेत प्रतिस्पर्धा गर्नेछन् । दुवै सेमिफाइनल बिहान ११ बजे सुरु हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।