माघ १७, २०८२ शनिबार | २०:०८:४१
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

एकदिवसीय विश्वकपः पाकिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

काठमाडौं । दक्षिण अफ्रिकाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ ।

पाँचौं जितसँगै ६ खेलमा १० अंक जोडेको दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ । चौथो पराजय व्यहोरेको पाकिस्तान समान खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ ।

चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा शुक्रबार पाकिस्तानले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७.२ ओभरमा नौ विकेट गुमाउँदै भेट्टायो ।  

दक्षिण अफ्रिकाका लागि एडेन मार्क्ररमले ९३ बलमा सात चौका र तीन छक्काको मद्तले सर्वाधिक ९१ रनको योगदान गरे । यसैगरी डेविड मिलरले २९, कप्तान टेम्बा बाभुमाले २८, क्विनटन डिककले २४, रस्सी भान डेर डुसेनले २१, मार्को जेनसनले २०, हेनरिच क्लासेनले १२ जेराल्ड कोएटजीले १० रन बनाए ।

 मार्क्ररमलेपाँचौं विकेटका लागि मिलरसँग ७० र तेस्रो विकेटका लागि डुसनसँग ५४ रनको साझेदारी गरे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले तीन तथा हरिस रौफ, मोहम्मद वसिम र उस्मा मिरले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७० रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि साउद सकिलले ५२ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी कप्तान बाबर आजमले ६५ बलमा चार चौका र एक छक्काको मद्दतले ५०, शादब खानले ४३, मोहम्मद रिजवानले ३१, मोहम्मद नवाजले २४, इफ्तिखर अहमदले २१ र इमान उल हकले १२ रन बनाए ।

छैटौं विकेटका लागि सकिल र खानले ८४ रनको साझेदारी गरेका थिए । दक्षिण अफ्रिकाका लागि ताबरेज शाम्सीले चार, मार्को जेनसनले तीन, जेराल्ड कोएटजीले दुई र लुङ्गी एनगिडीले एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।