चैत्र १०, २०८२ मंगलबार | १८:४६:२८
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

एकदिवसीय विश्वकपः पाकिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

काठमाडौं । दक्षिण अफ्रिकाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ ।

पाँचौं जितसँगै ६ खेलमा १० अंक जोडेको दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ । चौथो पराजय व्यहोरेको पाकिस्तान समान खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ ।

चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा शुक्रबार पाकिस्तानले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७.२ ओभरमा नौ विकेट गुमाउँदै भेट्टायो ।  

दक्षिण अफ्रिकाका लागि एडेन मार्क्ररमले ९३ बलमा सात चौका र तीन छक्काको मद्तले सर्वाधिक ९१ रनको योगदान गरे । यसैगरी डेविड मिलरले २९, कप्तान टेम्बा बाभुमाले २८, क्विनटन डिककले २४, रस्सी भान डेर डुसेनले २१, मार्को जेनसनले २०, हेनरिच क्लासेनले १२ जेराल्ड कोएटजीले १० रन बनाए ।

 मार्क्ररमलेपाँचौं विकेटका लागि मिलरसँग ७० र तेस्रो विकेटका लागि डुसनसँग ५४ रनको साझेदारी गरे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले तीन तथा हरिस रौफ, मोहम्मद वसिम र उस्मा मिरले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७० रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि साउद सकिलले ५२ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी कप्तान बाबर आजमले ६५ बलमा चार चौका र एक छक्काको मद्दतले ५०, शादब खानले ४३, मोहम्मद रिजवानले ३१, मोहम्मद नवाजले २४, इफ्तिखर अहमदले २१ र इमान उल हकले १२ रन बनाए ।

छैटौं विकेटका लागि सकिल र खानले ८४ रनको साझेदारी गरेका थिए । दक्षिण अफ्रिकाका लागि ताबरेज शाम्सीले चार, मार्को जेनसनले तीन, जेराल्ड कोएटजीले दुई र लुङ्गी एनगिडीले एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो