माघ १८, २०८२ आइतबार | ००:००:५८
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

त्रिकोणात्मक शृंखला: हारका बाबजुत युएई फाइनलमा

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ( युएई) हङकङसँग ६९ ले पराजित भएको छ ।

हारका बाबजुत पनि युएईले फाइनलमा स्थान बनायो । दुवै टोलीले समूह चरणका चार खेलबाट समान दुई अंक जोडे पनि युएई रनरेटमा अगाडि रह्यो ।

उपाधिका लागि युएईले शुक्रबार घरेलु टोली नेपालको सामना गर्नेछ । नेपालले समूह चरणका चारै खेलमा जित निकालेको थियो ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा हङकङले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको युएईले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनाउन सक्यो ।

युएईका लागि खालिद शाहले ३५, निलान्स केसवानीले अविजित ३१, बसिल हामिदले अविजित ३० र अलिशान शराफुले ३० रन बनाए ।

छैटौं विकेटका लागि केसवानी र हामिदले अविजित ६२ रनको साझेदारी गरे ।

हङकङका लागि एहसान  खान, आयुश शुक्ला, नस्रुल्लाह राना र यासिम मुर्ताजाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २ सय १२ रनको योगफत तयार पारेको थियो ।

हङकङका लागि मार्टिन कोएट्जीले ५५ बलमा १० चौका र चार छक्काको मद्दतले सर्वाधिक ८६ रनको योगदान गरे ।  यसैगरी बाबर हायतले २० बलमा समान पाँच चौका र छक्काको मद्दतले अविजित ६० र अन्शुमन रथले ४१ रन बनाए ।

दोस्रो विकेटका लागि कोट्जी र रथले १ सय ६ रनको साझेदारी गरेका थिए । युएईका लागि निलान्स केसवानी, सञ्चित शर्मा र अकिफ राजाले समान एक विकेट लिए ।

यसअघि हङकङले नेपालसँग ६ विकेट र ७९ रन तथा युएईसँग ६ विकेटको पराजय व्यहोरेको थियो । युएई पनि नेपालसँग सात विकेट र पाँच विकेटले स्तब्ध बनेको थियो । 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।