चैत्र १३, २०८२ शुक्रबार | ०६:२९:३९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

त्रिकोणात्मक शृंखला: हारका बाबजुत युएई फाइनलमा

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ( युएई) हङकङसँग ६९ ले पराजित भएको छ ।

हारका बाबजुत पनि युएईले फाइनलमा स्थान बनायो । दुवै टोलीले समूह चरणका चार खेलबाट समान दुई अंक जोडे पनि युएई रनरेटमा अगाडि रह्यो ।

उपाधिका लागि युएईले शुक्रबार घरेलु टोली नेपालको सामना गर्नेछ । नेपालले समूह चरणका चारै खेलमा जित निकालेको थियो ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा हङकङले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको युएईले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनाउन सक्यो ।

युएईका लागि खालिद शाहले ३५, निलान्स केसवानीले अविजित ३१, बसिल हामिदले अविजित ३० र अलिशान शराफुले ३० रन बनाए ।

छैटौं विकेटका लागि केसवानी र हामिदले अविजित ६२ रनको साझेदारी गरे ।

हङकङका लागि एहसान  खान, आयुश शुक्ला, नस्रुल्लाह राना र यासिम मुर्ताजाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २ सय १२ रनको योगफत तयार पारेको थियो ।

हङकङका लागि मार्टिन कोएट्जीले ५५ बलमा १० चौका र चार छक्काको मद्दतले सर्वाधिक ८६ रनको योगदान गरे ।  यसैगरी बाबर हायतले २० बलमा समान पाँच चौका र छक्काको मद्दतले अविजित ६० र अन्शुमन रथले ४१ रन बनाए ।

दोस्रो विकेटका लागि कोट्जी र रथले १ सय ६ रनको साझेदारी गरेका थिए । युएईका लागि निलान्स केसवानी, सञ्चित शर्मा र अकिफ राजाले समान एक विकेट लिए ।

यसअघि हङकङले नेपालसँग ६ विकेट र ७९ रन तथा युएईसँग ६ विकेटको पराजय व्यहोरेको थियो । युएई पनि नेपालसँग सात विकेट र पाँच विकेटले स्तब्ध बनेको थियो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो