मंसिर ३, २०८२ बुधबार | ०२:४१:०८
एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन

चोटमा गुज्रिएको सुवासको ब्याट

नेपाली क्रिकेट इतिहासकै सफल ओपनरमध्ये एक हुन्, सुवास खकुरेल । २०२० दशकको सुरुआती तीन चार वर्ष उनी नेपालीका क्रिकेटका भरपर्दा ओपनर रहे । 

नेपाली क्रिकेटको परम्परागत समस्या खराब ब्याटिङ हो । त्यतिबेला कैयन् पटक टोलीलाई सुवासको दरिलो साथ मिल्दथ्यो । क्रिकेटका बलिया या ठूला टोलीविरुद्ध उनले राम्रोसँग इनिङ्स अगाडि बढाउँथे । त्यसको उदाहरण हो, सन् २०१३ मा सिंगापुरमा भएको इमर्जिङ टिम्स कपमा उनले गरेको प्रदर्शन । त्यस प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाका यू २३ क्रिकेट टोलीले खेल्दा नेपालको भने सिनियर टोली खेलेको थियो । 

त्यस प्रतियोगितामा पनि नेपाली टोलीले ब्याटिङमा निकै संघर्ष गर्नुपर्‍यो । तथापि सुवासको ब्याटिङ भने तुलनात्मक रूपमा राम्रै रह्यो । बाबर आजम, मोहम्मद रिजवान, उस्मान कादिर र एहसान आदिलको पाकिस्तानी टोलीविरुद्ध नेपाली टोली १ सय ५६ रनमा सीमित भएको थियो, जहाँ सुवासको ७८ रन समावेश थियो । यीबाहेक अन्य ठूला टोलीविरुद्ध पनि उनले आत्मविश्वासी इनिङ्स खेलेका उदाहरण छन् ।

सन् २०११ देखि ०१५ सम्म नेपाली क्रिकेटले ओपनिङमा सुवासबाट निकै राम्रो साथ पायो । यसबीचमा नै नेपाली क्रिकेटले ट्वान्टी २० विश्वकप यात्रादेखि कैयन् सफलता पनि चुम्यो । यी सफलतामा सुवासको योगदान पनि अतुलनीय रहेकोमा दुईमत छैन । 

त्यसका कैयौँ उदाहरणहरू उनले संकटमा परेको टोलीको इनिङ्समा आफ्नो ब्याटबाट बटुलेका रन हुन् । तर, पछिल्ला केही वर्षयता भने सुवासको ब्याट थन्किएको छ । मैदानबाहिर ‘सुवास.. सुवास..’ भन्दै गुन्जिने समर्थकका आवाजहरू शून्यमा हराएझै भएका छन् । अझ भनौं उनी केही समयका लागि गुमनामजस्तै भएका छन् ।

नेपाली क्रिकेटमा कैयन् विजयरेखा कोर्न सफल ओपनर सुवास एकाएक किन हराए त ? 

यो प्रश्नको जवाफ केही हदसम्म नेपाली क्रिकेटलाई नजिकबाट नियाल्नेहरूलाई राम्रोसँग थाहा छ । पटकपटक उनले चोट बोक्नुपर्‍यो । जसको असर सुवासको प्रदर्शन पर्न गयो । उनले पुनरागमन नै गर्न सकेनन् । सीमित अवसर पाए, तर भाग्य उनको साथमा रहेन । 

त्यतिमात्र होइन, उनको पुनरागमनमा नेपाली क्रिकेटको खराब पद्धति पनि बाधक रह्यो । १० वर्षे करियरमा दायाँहाते ओपनरले नेपालका लागि थुपै्र पटक ‘म्याच विनिङ’ इनिङ्स खेले । यसक्रममा खकुरेलले विश्व क्रिकेट लिग डिभिजन ४ देखि विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा सन् २०१४ को ट्वान्टी २० विश्वकप र विश्वकप लिग २ मा नेपालको प्रतिनिधित्व गरेका छन् ।

यी खेलमा उनको ब्याट चल्दा खुबै जयजय पनि भयो । तर, जब उनलाई अप्ठ्यारो पर्‍यो, उनले कहीबाट साथ पाएनन् । विशेषतः नेपाली क्रिकेट संघ (क्यान) बाट । 

चोटका कारण टोलीबाट बाहिरिएका उनको पुनरागमनका लागि माध्यम कमै सिर्जना भए । सन् २०१६ पछि उनले धेरै पटक चोट बेहोरे । ती चोटलाई जित्दै उनले घरेलु प्रतियोगितामा राम्रो खेलेपछि सन् २०१८ मा नेदरल्यान्ड्ससँगको एकदिवसीय क्रिकेटमा अवसर पाए । सन् २०२० मा पनि उनले घरेलु मैदानमा भएको त्रिदेशीय एकदिवसीय शृंखलामा अवसर पाएका थिए । खासमा उनी टोलीबाहिर रहे । तर, शरद भेषावकर घाइते भएपछि उनलाई टोलीमा बोलाइयो । 

त्यसपटक छोटो तयारीको भरमा उनी सिधै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि मैदानमा पुगे । तर उनको ब्याट पुरानो शैलीमा चल्न सकेन । सिनियर टोलीमा उनको पुनरागमनको प्रयासले त्यसपटक पनि सार्थकता पाउन सकेन ।

त्यसपछि पनि उनले टोलीमा पुनरागमन प्रयास नगरेका होइनन् । घरेलु मैदानमा सम्पन्न शृंखलामा ब्याटिङ चल्न नसकेपछि उनले आफ्नो लय फर्काउने प्रयास गरे । उनी दैनिकजसो त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको इन्डोर हलमा अभ्यासका लागि धाउँथे । बिहान नेपाली टोलीले अभ्यास गर्थ्यो । उनी बेलुका अभ्यासका लागि त्यहाँ पुग्थे । नेतृत्वले उनको प्रशिक्षणमा रोक लगाइदियो । 

राष्ट्रिय टोलीमा फर्कन एउटा खेलाडीले धेरै नै मिहिनेत गर्नुपर्छ । त्यसमा पनि लामो समय टोलीबाट बाहिर रहेको र चोटले पटकपटक थलिएको खेलाडीमा आत्मविश्वास गुमेको हुन्छ । त्यसैले शून्यबाट मिहिनेत गरेमात्र पुनरागमन सम्भव रहन्छ । यस्तोमा संघ, सहकर्मी र प्रशिक्षकको साथ अनि अभ्यासको वातावरण भएमात्र एउटा खेलाडीले पुनरागमन गर्न सक्दछ । तर, सुवासलाई सरोकारवाला सबैबाट पुनरागमनका लागि उर्जा दिनुको साटो हतोत्साहित गर्ने काम भयो ।  

‘हाम्रो देशमा एउटा क्रिकेटरले पुनरागमन गर्ने वातावरण छैन । त्यही एउटा टियु मैदान हो । त्यसैले मैले टोलीबाट बाहिरिनेबित्तिकै मेसिनको बलमा अभ्यास गरें । बिहान राष्ट्रिय टोलीको अभ्यास थियो । एक दिन बेलुका अभ्यास गर्न गएँ । भोलिपल्ट त ढोका बन्द भएछ । मैले त्यहाँ रहेका स्टाफलाई ढोका खोलिदिन आग्रह गरें । तर, गुरुले जसलाई पायो त्यसलाई ट्रेनिङ गर्न नदिनु भन्नुभएको छ भनेर उहाँहरूले ढोका खोलिदिनुभएन,’ सुवासले भने, ‘क्यानमा पनि कुरा राखें । तर, त्यहाँबाट सबैका लागि दिन सकिन्नँ भन्ने जवाफ आयो ।’ 

त्यो दिन उनी निकै दुःखी भए । यतिका वर्ष मैले कसका लागि खेलेछु भन्ने प्रश्न उनले आफैंसँग गरे । चोटले केही समयबाहिर हुँदा उनी ‘जो पायो त्यही’ भएछन् । यस्तो प्रवृत्तिले एउटा खेलाडीलाई क्रिकेटप्रतिको लगाव घट्नसक्ने उनमा चिन्ता छ । 

टेस्ट खेल्ने सपना देख्ने हो भने बल महँगो भयो या मेसिन बिग्रिन्छ भनेर साना कुरामा अल्झिन नहुने उनको सुझाव छ । ‘मैले त यहाँ यस्तै छ भनेर चित्त बुझाएँ । तर, सबैका लागि यस्तो बुझाइ नहुन सक्छ,’ उनी भन्छन् ।

चोटका कारण एक वर्षसम्म दैनिकजसो उनी ग्रान्डी अस्पताल धाउने गर्थे । त्यसकारण पनि उनी लामो समय क्रिकेटबाट बाहिर रहे । त्यसको असर ब्याटिङमा परेको उनी सुनाउँछन् । 

अहिले राष्ट्रिय टोलीमा कुशल भुर्तेल र आशिफ शेखलगायत थुप्रै राम्रा क्रिकेटर आएको उनी बताउँछन् । त्यसैले टोलीमा फर्कन निकै मिहिनेत र परिश्रमले मात्र सम्भव हुने उनलाई थाहा छ । तर अन्य खेलाडीको तुलनामा राष्ट्रिय टोलीमा आफूलाई कमै अवसर दिइएकामा भने सुवासको केही दुखेसो छ ।

पूर्वकप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटासँग उनको खराब सम्बन्ध रहेको पनि बेलाबेलामा चर्चा हुने गर्छ । कहिलेकाहीं विचार फरक भए पनि खराब सम्बन्ध नै रहेको भनाइलाई भने उनी सरासर नकार्छन् । 

‘धेरै खेलाडीको ब्याटिङ चल्न नसक्दा म मात्र टोलीबाहिर रहें । मैले थोरैमात्र अवसर पाउँथे । तर, त्यो टोलीको आवश्यकता पनि होला । उहाँहरूको बुझाइ र मेरो बुझाइ फरक हुनसक्छ,’ सुवासले भने, ‘तर सम्बन्ध नै खराब भने होइन । उहाँहरू पनि मेरो पुनरागमन हेर्न चाहनुहुन्थ्यो ।’

नाताले दाइ पर्ने राजन खकुरेलको प्रेरणामा क्रिकेट खेल्न थालेका सुवासको करियरले ह्वाइटहाउस कलेजमा पुगेपछि उचाइ लियो । जहाँबाट त्यतिबेला नै विनोद दास, पारस खड्का, लाक्पा लामा र प्रेम चौधरी खेल्थे । 

उनको कक्षा कोठाबाट नेटहरू स्पष्ट देखिन्थे । त्यहाँ स्टारहरू खेलेको देखेर नै उनमा थप उर्जा मिलेको थियो । त्यतिबेला लाक्पा लामा उनका प्रशिक्षक थिए । लामाकै प्रशिक्षणमा धेरै कुरा सिकेको उनले सुनाए । त्यहीं खेलेका केही प्रतियोगिताबाट उनले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्ने अवसर पाए । सन् २०११ मा एसिसी ट्वान्टी २० क्रिकेटमा कुवेतविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा आफूलाई पहिलो पटक उभ्याए । ‘डेब्यु’ खेलमै उनले उनले ४० रनको योगदान गरेका थिए । 

त्यसपछि केही खेलमा संघर्ष गर्नुपरे पनि उनले छिट्टै लय समाते । नेपाली क्रिकेटमा भरपर्दा ब्याट्सम्यानको छवि बनाए । त्यसपछि उनले विश्वकपसम्मको यात्रा तय गर्न र डिभिजन क्रिकेटमा सफलता दिलाउन मद्दत पुग्ने खालका धेरै इनिङ्स खेले । 

तर, उनै सुवास अहिले पुनरागमनको पर्खाइमा छन् । अहिले नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट प्रियिमर लिग (इपिएल) मा उनी काठमाडौं किंग्स ११ बाट खेल्दैछन् । काठमाडौं किंग्सले दिएको अवसर सदुपयोग गर्दै उनले राष्ट्रिय टोलीमा फर्कने लक्ष्य राखेका छन् । उनको टोलीबाट विश्वकै नामुद क्रिकेट साहिद अफ्रिदीले पनि खेल्नेछन् ।

‘सबैभन्दा ठूलो लक्ष्य नै यो प्रतियोगितामा राम्रो नतिजा ल्याउने हो । साथै व्यक्तिगत प्रदर्शनमा पनि सुधार गर्नसके मेरा कैयन् ढोका खोलिनेछन्,’ सुवासले भने ।   

धेरै प्रयोग भइरहँदा ब्याटिङमा असर परिरहेको उनको बुझाइ छ । ‘यदि एक वा दुई वटा खेलमा खेल्ने सकेन भने टोलीबाहिर पुगिहाल्छ र नयाँ खेलाडी टोलीमा ल्याइन्छ । यसले गर्दा ब्याटिङ पोजिसनमा पनि असर पर्ने गरेको छ,’ सुवास अनुभव सुनाउँछन्, ‘यस्तो हुँदा ब्याट्सम्यानको आत्मविश्वास गुमिरहेको हुन्छ ।’ 

पछिल्लो समय नेपाली टोलीमा धेरै क्षमतावान् क्रिकेटरको आगमन भइरहेको छ । तर, ती खेलाडीले अन्तर्राष्ट्रिय खेलमा राम्रोसँग एक्सपोजर नपाइरहेको सुवासको बुझाइ छ । 

‘एक या दुईवटा खेलमा चल्न सकेन भने ती खेलाडी टोलीबाट बाहिर पुगिहाल्छन् । त्यसले गर्दा क्षमतावान् युवा खेलाडीमा आत्मविश्वासको कमी आइरहेको छ,’ सुवास भन्छन्, ‘उनीहरूलाई केही समय दिन सके, पक्कै पनि नेपालको ब्याटिङमा राम्रा खेलाडी आउँछन् ।’


भिडियो
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS
MALAYSIA सँग खेल्न क्लालालम्पुरस्थित बुकिट जलाल राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय टिम II AFC
MALAYSIA विरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय टिम BUKIT JALIL NATIONAL STADIUM KUALALAMPUR आइपुग्यो
CHITWAN RHINOS COACH KALAM ALI II JAIF को CATCH MISS हुनुले MATCH TURN गरायो ।I NPL 2
फ्लडलाइट र प्यारापिटयुक्त TU GROUND मा खेलेपछि अचम्मित भएका SOMPAK KAMI को प्रश्न, हाम्रै TU होर ?
KARAN KC II फ्लड लाइटमा पहिलो पटक खेलेर जित्न पाउनु ऐतिहासिक रह्यो।I NPL2025 II KATHMANDU GORKHAS