माघ १५, २०८२ बिहीबार | २१:३४:२०
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

एसियाली खेलकुदः नेपाल क्वार्टरफाइनलमा

फाइल तस्बिर

काठमाडौं । माल्दिभ्सविरुद्ध १ सय ३८ रनको फराकिलो जित निकाल्दै नेपाल चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

जितसँगै २ खेलमा चार अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो । पहिलो पराजय व्यहोरेको माल्दिभ्स समान खेलबाट २ अंकका साथ दोस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

झिलाङ्ग युनिभरसिटी अफ टेक्नोलोजीको पिङ्गफेङ्ग क्रिकेट रंगशालामा आइतबार नेपालले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९. ४ ओभरमा ७४ रनमै समेटियो ।  

माल्दिभ्सका लागि मुआवियत अब्दुल घनीले ३६, रसम राशिदले अविजित १२ र शियुस फ्रेडले १० रन बनाए ।

नेपालका लागि अविनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चिएर सर्वाधिक ६ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, सोमपाल कामी, गुल्सन झा र कुशल भुर्लेलको नाममा समान १ विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले  २७ बलमा समान ३ चौका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे ।

यसैगरी कुशल मल्लले अविजित ४७, गुल्सन झा र कुशल भुर्तेलले समान ३५ र विनोद भण्डारीले १३ रन बनाए । 
पाँचौ विकेटका लागि रोहित र कुशल मल्लले ७० रनको साझेदारी गरे ।

माल्दिभ्सका लागि स्माइल नवाव बादेयुले ३ तथा मोहम्मद रायन थोलाल, स्माइल अली, मोहम्मद माइभान र नाइल स्माइल नासिरले समान १ विकेट लिए ।

यसअघि नेपालले कीर्तिमानले भरिएको खेलमा मंगोलियालाई दुई सय ७३ रनले पराजित गरेको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।