चैत्र १६, २०८२ सोमबार | ११:२८:५२
मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक

एसियाली खेलकुदः नेपाल क्वार्टरफाइनलमा

फाइल तस्बिर

काठमाडौं । माल्दिभ्सविरुद्ध १ सय ३८ रनको फराकिलो जित निकाल्दै नेपाल चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

जितसँगै २ खेलमा चार अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो । पहिलो पराजय व्यहोरेको माल्दिभ्स समान खेलबाट २ अंकका साथ दोस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

झिलाङ्ग युनिभरसिटी अफ टेक्नोलोजीको पिङ्गफेङ्ग क्रिकेट रंगशालामा आइतबार नेपालले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९. ४ ओभरमा ७४ रनमै समेटियो ।  

माल्दिभ्सका लागि मुआवियत अब्दुल घनीले ३६, रसम राशिदले अविजित १२ र शियुस फ्रेडले १० रन बनाए ।

नेपालका लागि अविनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चिएर सर्वाधिक ६ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, सोमपाल कामी, गुल्सन झा र कुशल भुर्लेलको नाममा समान १ विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले  २७ बलमा समान ३ चौका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे ।

यसैगरी कुशल मल्लले अविजित ४७, गुल्सन झा र कुशल भुर्तेलले समान ३५ र विनोद भण्डारीले १३ रन बनाए । 
पाँचौ विकेटका लागि रोहित र कुशल मल्लले ७० रनको साझेदारी गरे ।

माल्दिभ्सका लागि स्माइल नवाव बादेयुले ३ तथा मोहम्मद रायन थोलाल, स्माइल अली, मोहम्मद माइभान र नाइल स्माइल नासिरले समान १ विकेट लिए ।

यसअघि नेपालले कीर्तिमानले भरिएको खेलमा मंगोलियालाई दुई सय ७३ रनले पराजित गरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो