चैत्र ६, २०८२ शुक्रबार | १३:१०:१५
स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

एपेक्स कप क्रिकेटः ब्लुबर्ड र आरआर विजयी

काठमाडौं । एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगितामा शुक्रबार ब्लुबर्ड कलेज र रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) विजयी भएका छन् ।

दिनको पहिलो खेलमा ब्लुबर्डले फोनिक्स कलेजलाई ५ विकेटले पराजित गर्यो ।

मुलपानी क्रिकेट रंगाशाला (तल्लो) मा १ सय १ रनको लक्ष्य ब्लुबर्डले १६.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । ब्लुबर्डका लागि निर्भिक पाठकले ४६ बलमा ५१ रनको योगदान गरे । यसैगरी सचिन लेखकले ३१ रन बनाए ।

फोनिक्सका किरण चन्द र राजकुमार शाहले समान २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको फोनिक्सले निर्धारित १७ ओभरमा ९ विकेट गुमाउँदै १सय रनको योगफल तयार पारेको थियो ।

फोनिक्सका लागि कृष अय्यरले, ३५, विराजसिंह भण्डारीले १७ र समिर विष्टले १५ रन जोेडे ।

ब्लुबर्डका सुवास खत्री र विपिन आचार्यले समान २ विकेट लिए ।

दिनको दोस्रो खेलमा आरआरले काठमाडौं स्कुल अफ ल (केएसएल) लाई ४८ रनले हरायो । १ सय ३३ रनको लक्ष्य पछ्याएको  केएसएलले १४.४ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्र बनाउन सक्यो।

केएसएलका लागि विवेक अधिकारीले २९ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सिकेनन्।

आरआरका यमन जोशीले ३, आशाराज र कृष्ण परियारले समान २ विकेट लिए । 
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आरआरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको योगफल तयार पारेको थियो ।  

आरआरका लागि उसका लागि कृष्ण परियारले ३३, सन्दीप ऐरीले १७ र दिवाकर अवस्थीले ११ रन बनाए ।

केएसएलका लागि विमल आचार्यले २२ रन दिएर सर्वाधिक ५ विकेट लिएक । यसैगरी विवेक अधिकारीले २ र अरुण शर्माले १ विकेट हात पारे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो