चैत्र १४, २०८२ शनिबार | ०४:४८:४१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

काठमाडौं । दक्षिण अफ्रिकाले घरेलु टोली पाकिस्तानविरुद्धको महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको दोस्रो खेलमा ६ विकेटको जित निकालेको छ ।  

 यो जितसँगै दक्षिण अफ्रिकाले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा  दक्षिण अफ्रिका १ सय २७ रनले विजयी भएको थियो ।

कराँचीस्थित राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३४ ओभरमा चार विकेट गुमाउदै भेट्टायो ।

दक्षिण अफ्रिकाका लागि ताजमिन ब्रिट्सले ४५, लारा गुडअलले ३६, म्यारिजिन कापले आविजित २६,  नादिनी डि क्लार्कले अविजित २४,कप्तान लोरा उल्भार्डले १३ र सुने लुसले १० रन बनाए ।

पाकिस्तानका लागि सादिया इक्बालले दुई तथा उम इ हानी र निदा दारले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि  फतिमा सानाले ८७ बलमा १० चौकाको मद्दतमा ६९, आलिया रियाजले ८६ बलमा तीन चौकाको मद्दतमा ५३ र सिद्रा आमिनले १२ रन बनाए ।

सातौं विकेटका लागि साना र रियाजले  १ सय ४९ बलमा १ सय १४ रनको साझेदारी गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि नादिनी डि क्लार्कले चार, मसाबता क्लासले तीन, अयाबोन्गा खाकाले दुई र ननकुलुकेको मलाबाले एक विकेट लिए ।

दक्षिण अफ्रिका तीन खेलको शृंखलामा २-० ले अगाडि छ । शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो