माघ १८, २०८२ आइतबार | १५:०२:५४
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

काठमाडौं । दक्षिण अफ्रिकाले घरेलु टोली पाकिस्तानविरुद्धको महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको दोस्रो खेलमा ६ विकेटको जित निकालेको छ ।  

 यो जितसँगै दक्षिण अफ्रिकाले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा  दक्षिण अफ्रिका १ सय २७ रनले विजयी भएको थियो ।

कराँचीस्थित राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३४ ओभरमा चार विकेट गुमाउदै भेट्टायो ।

दक्षिण अफ्रिकाका लागि ताजमिन ब्रिट्सले ४५, लारा गुडअलले ३६, म्यारिजिन कापले आविजित २६,  नादिनी डि क्लार्कले अविजित २४,कप्तान लोरा उल्भार्डले १३ र सुने लुसले १० रन बनाए ।

पाकिस्तानका लागि सादिया इक्बालले दुई तथा उम इ हानी र निदा दारले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि  फतिमा सानाले ८७ बलमा १० चौकाको मद्दतमा ६९, आलिया रियाजले ८६ बलमा तीन चौकाको मद्दतमा ५३ र सिद्रा आमिनले १२ रन बनाए ।

सातौं विकेटका लागि साना र रियाजले  १ सय ४९ बलमा १ सय १४ रनको साझेदारी गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि नादिनी डि क्लार्कले चार, मसाबता क्लासले तीन, अयाबोन्गा खाकाले दुई र ननकुलुकेको मलाबाले एक विकेट लिए ।

दक्षिण अफ्रिका तीन खेलको शृंखलामा २-० ले अगाडि छ । शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।