फाल्गुन १०, २०८२ आइतबार | २२:०२:३५
इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट

एसिसी एसिया कपः भारत र पाकिस्तानबीचको खेल सोमबार हुने

काठमाडौं । एसिसी एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीच जारी सुपर फोरको खेल वर्षाका कारण स्थिगित भएको छ । अब खेल सोमबार खेलाइने छ ।

श्रीलंकाको आर प्रेमादाशा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरिरहेको भारतले २४.१ ओभरमा दुई विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भव नभएपछि स्थिगित भएको हो ।

भारतका लागि केएल राहुल १७ र विराट कोहली आठ रन बनाएर क्रिजमा छन् । यसअघि शुभमन गिल ५२ बलमा १० चौकाको मद्दतमा ५८ तथा कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र चार छक्काको मद्दतमा ५६ रन बनाएर आउट भए ।

पहिलो विकेटका लािग शुभमन र रोहितले १ सय २१ रनको साझेदारी गरे ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र शादब खानले समान एक विकेट लिएका छन् ।

समूह चरणमा यी दुईबीचको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तान सुपर फोरमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो ।

भारत पनि पाकिस्तानलाई पराजित गर्दै सुपर फोरको सुरुआत सुखद बनाउने लक्ष्यमा छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||