माघ १८, २०८२ आइतबार | ११:२९:०८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पारसको अध्यक्षतामा बागमती प्रादेशिक क्रिकेट संघको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको अध्यक्षमा शनिबार बसेको बागमती प्रादेशिक क्रिकेट संघको पहिलो बोर्ड बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले नेपाल क्रिकेट संघ (क्यान) को असोज ५ र ६ गते काठमाडौं हुने केन्द्रिय निर्वाचनमा बागमती प्रदेशकोतर्फबाट पारस, श्रेखर श्रेष्ठ(ललितपुर) र प्रेमबहादुर क्षेत्री (मकवानपुर) लाई प्रादेशिक प्रतिनिधिहरुको रुपमा पठाउने निर्णय गरेको छ ।

बागमती प्रदेश भित्र प्रादेशिक क्रिकेट सञ्चालनको लागि विभिन्न उपसमिति गठन गरी संयोजक तोकिएको छ । आर्थिक समितिमा पारस, प्रशन्न शाक्य र संजोग पोखरेल छन् ।

वसन्तराज सत्याल (अरुण) को संयोजक रहनेप् राविधिक समितिमा सुजन महर्जन, नीरा राजोपाध्याय, राजु खड्का, विनोद बाँनिया, सुरज शाक्य र रिकेश लामा  छन् ।

विकास समितिमा अनुजमान श्रेष्ठ, धिरज श्रेष्ठसहित अन्य तीन सदस्य रहनेछन् । बाँकी तीन सदस्यको मनोनय पछि गरिनेछ ।

बागमती प्रदेशको क्रिकेट निर्देशकमा अनिल अधिकारी नियुक्त हुँदा महिला प्रदेश क्रिकेट संघको महिला क्रिकेट संयोजकको जिम्मेबारी नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान निराले पाएकी छन् ।

यसैगरी संघले आवश्यक पत्राचार गरि अर्को बोर्ड बैठकमा खेलाडी छनोट समिति पनि गठन गर्ने निर्णय भएको छ । 

पारस एक साताअघि भएको संघको निर्वाचनमा उमेश पियालाई नौ मतले हराउँदै अध्यक्ष चुनिएका थिए । कुल ३७ मत भएको चुनावमा पारसले २३ र उमेश पियाले १४ मत प्राप्त गरेका थिए । संघमा पारसको पुरै प्यानल नै विजयी थियो ।

   


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।