चैत्र १६, २०८२ सोमबार | १५:०४:४२
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

पारसको अध्यक्षतामा बागमती प्रादेशिक क्रिकेट संघको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको अध्यक्षमा शनिबार बसेको बागमती प्रादेशिक क्रिकेट संघको पहिलो बोर्ड बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले नेपाल क्रिकेट संघ (क्यान) को असोज ५ र ६ गते काठमाडौं हुने केन्द्रिय निर्वाचनमा बागमती प्रदेशकोतर्फबाट पारस, श्रेखर श्रेष्ठ(ललितपुर) र प्रेमबहादुर क्षेत्री (मकवानपुर) लाई प्रादेशिक प्रतिनिधिहरुको रुपमा पठाउने निर्णय गरेको छ ।

बागमती प्रदेश भित्र प्रादेशिक क्रिकेट सञ्चालनको लागि विभिन्न उपसमिति गठन गरी संयोजक तोकिएको छ । आर्थिक समितिमा पारस, प्रशन्न शाक्य र संजोग पोखरेल छन् ।

वसन्तराज सत्याल (अरुण) को संयोजक रहनेप् राविधिक समितिमा सुजन महर्जन, नीरा राजोपाध्याय, राजु खड्का, विनोद बाँनिया, सुरज शाक्य र रिकेश लामा  छन् ।

विकास समितिमा अनुजमान श्रेष्ठ, धिरज श्रेष्ठसहित अन्य तीन सदस्य रहनेछन् । बाँकी तीन सदस्यको मनोनय पछि गरिनेछ ।

बागमती प्रदेशको क्रिकेट निर्देशकमा अनिल अधिकारी नियुक्त हुँदा महिला प्रदेश क्रिकेट संघको महिला क्रिकेट संयोजकको जिम्मेबारी नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान निराले पाएकी छन् ।

यसैगरी संघले आवश्यक पत्राचार गरि अर्को बोर्ड बैठकमा खेलाडी छनोट समिति पनि गठन गर्ने निर्णय भएको छ । 

पारस एक साताअघि भएको संघको निर्वाचनमा उमेश पियालाई नौ मतले हराउँदै अध्यक्ष चुनिएका थिए । कुल ३७ मत भएको चुनावमा पारसले २३ र उमेश पियाले १४ मत प्राप्त गरेका थिए । संघमा पारसको पुरै प्यानल नै विजयी थियो ।

   


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो