फाल्गुन ६, २०८२ बुधबार | १५:३८:२५
नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट

स्वार्थको द्वन्द्वले जेलिँदै छ क्यान

काठमाडौं । संसारको खेलकुदमा एउटा शब्दावलीको चर्चा भइरहन्छ, ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ अर्थात स्वार्थको द्वन्द्व । भन्न खोजिएको के भने आफ्ना व्यक्तिगत, समूहगत वा व्यावसायिक स्वार्थ बाझिने गरी काम गर्नुहुन्न । अझ सिधाभन्दा स्वार्थ बाझिने गरी एकै व्यक्तिले फरक भूमिकामा जिम्मेवारी लिनै हुन्न ।

एउटै मानिस स्वार्थ बाझिने खालका दुई वा त्योभन्दा बढी जिम्मेवारीमा भए उसले कुनै पनि भूमिकाप्रति न्याय गर्न सक्दैन भन्न खोजिएको हो । विश्व खेलकुदले पछिल्ला केही दशकयता सर्वसम्मतिले मानेको सुशासन मूल्य हो यो । खेलकुदको यस्तो मूल्य जसमा कुनै सम्झौता अपेक्षित हुन्न ।

वास्तवमै आमिरले भनेजस्तै स्वार्थ बाझिने गरी मुख्य पदाधिकारीहरू नै फरक भूमिकामा हुँदा नेपालमा निकै सम्भावना बोकेका तेक्वान्दो, उसु, कराते जस्ता खेलहरू झण्डै डेढ दशकयता निरन्तर ओरालो यात्रामा छन् ।

विश्व खेलकुद सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त हुने प्रयासमा रहिरहँदा नेपाली खेलकुदमा पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को नारा घन्किन थालेको थुप्रै वर्ष भइसक्यो । खासगरी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी एवं देशकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपिएल)का सञ्चालक आमिर अख्तरले सबैभन्दा पहिला यो विषय ठूलो स्वरमा सबैले सुन्ने गरी उठाएका थिए ।

नेपाली खेलकुद ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को जालोमा नराम्ररी फसिरहेका बेला सुशासनको चर्चा हुँदा सँगै यो शब्दावली पनि जोडिने गर्थ्यो । तर आमिरले यसलाई औपचारिक रूपमा उठाए । सायद क्रिकेटमा व्यवसाय गर्ने भएकाले स्वार्थ बाझिने गरी थुप्रै जिम्मेवारीमा रहेका प्रदाधिकारी, प्रशासकहरूबाट हण्डर खाएर होला आमिरले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ मा शून्य सहनशीलता हुनुपर्ने आवाज उठाएका होलान् ।

वास्तवमै आमिरले भनेजस्तै स्वार्थ बाझिने गरी मुख्य पदाधिकारीहरू नै फरक भूमिकामा हुँदा नेपालमा निकै सम्भावना बोकेका तेक्वान्दो, उसु, कराते जस्ता खेलहरू झण्डै डेढ दशकयता निरन्तर ओरालो यात्रामा छन् । एउटै व्यक्ति संघको पदाधिकारी, प्रशिक्षक, खेलाडी, निर्णायक लगायतका फरक भूमिकामा हुँदा सम्बन्धित खेलले त्यसको खराब मूल्य चुकाउनुपरेका थुप्रै उदाहरण नेपाली खेलकुदमा छरपस्ट छन् ।

‘साना’ संघको हकमा विषय नजरअन्दाज हुने भए पनि फुटबल, क्रिकेट, भलिबलजस्ता आमखेलप्रेमीको चासो रहेका ‘ठूला’ संघमा भने अन्य विषयजस्तै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को कुरा पनि लुक्न सम्भव हुन्न ।

यही कारण हो, नेपालको खेलकुद ऐन २०७२ ले पनि प्रस्ट रूपमा एउटा व्यक्ति एउटै भूमिकामा मात्र रहन पाउने व्यवस्था गरेको । कार्यान्वयनमाथि भने थुप्रै प्रश्न छन् । आर्थिक गतिविधि, दर्शकको चासो लगायतका दृष्टिबाट हेर्दा साना मानिने संघमा भएका यस्ता ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का मुद्दाहरू नियतवश नै नजरअन्दाज गरिइरहेका छन् । आफ्नै स्वार्थसमेत बाझिँदा कतिपय ठाउँमा ऐन नियमहरू कार्यान्वयन गराउने जिम्मेवारी लिएर बसेको नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले नदेखेजस्तो गर्छ । दर्शकलाई खासै चासो हुन्न । सञ्चारमाध्यमको ध्यान पनि पुग्दैन । स्वार्थ समूह त आफ्नो फाइदाका लागि खेलकुदका कृत्रिम डम्फु बजाएर मानिसको ध्यान मोड्दै मुख्य विषयलाई सकेसम्म छोप्न लाग्ने नै भयो ।

‘साना’ संघको हकमा विषय नजरअन्दाज हुने भए पनि फुटबल, क्रिकेट, भलिबलजस्ता आमखेलप्रेमीको चासो रहेका ‘ठूला’ संघमा भने अन्य विषयजस्तै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को कुरा पनि लुक्न सम्भव हुन्न ।

प्रसंग नेपाली क्रिकेटको । राष्ट्रिय टिम भर्खर एसिया कप क्रिकेटको ऐतिहासिक सहभागिता सम्पन्न गरेर नेपाल फर्किएको छ । पाकिस्तानको मुल्तानमा भएको घरेलु टोलीविरुद्धको पहिलो खेलमा नेपाल फराकिलो हारको भागीदार बन्यो । विश्व वरीयताको शीर्ष टिमसँग नेपालको हार अन्तर थियो २३८ रन ।

त्यसपछि अर्को महारथी भारतसँग खेल थियो । वर्षाले बिथोलेको त्यो खेलमा पनि नेपालको नतिजा उही थियो, हार । तर त्यो हारमा नेपाली क्रिकेटले धेरै अर्थमा जित हासिल गर्यो । पहिला ब्याटिङ गर्दा नेपालले ४८.१ ओभर खेल्दै २३० रनको सम्मानजनक योगफल बनायो ।

वर्षाका कारण २३ ओभरमा घटाइएको इनिङमा १४५ रनको लक्ष्य लिएर आएको भारतलाई नेपाली बलरले २०.१ ओभरसम्म रोकेर विश्वव्यापी वाहवाही बटुल्यो । मैदानमा सधैं खरो रूपमा प्रस्तुत हुने नेपाली टोलीले यसपालि अझै माथिल्लो स्तरको प्रदर्शन गर्यो । शीर्षस्तरको अन्तर्राष्ट्रिय क्रिकेट खेल्न आफू योग्य रहेको सन्देश दियो ।

मैदानमा खेलाडीले इतिहासकै ठूलो खेलबाट शिर ठाडो पार्न लायक प्रदर्शन गरिरहँदा देशमा भने नेपाली क्रिकेट चुनावको सरगर्मीमा मज्जासँग डुबेको छ । असोज ५ र ६ गते हुने चुनावले आगामी चार वर्षका लागि नेपाली क्रिकेटको नेतृत्व चयन गर्नेछ । 

‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को विषय चलिरहँदा नेपाली टोलीले मैदानभित्र गरेको प्रदर्शनको चर्चा गरिनुको कारण छ । मैदानभित्रबाट टिमले नेपाली क्रिकेटको सम्भावना असीमित भएको प्रमाण पटकपटक दिइसक्यो । तर, मैदानबाहिर सुशासन नहुँदा, प्रशासन भ्रष्टाचार र व्यक्तिगत स्वार्थमा लिप्त हुँदा, सही तरिकाले क्रिकेट सञ्चालन नगर्दा नेपाली क्रिकेट आफ्नो सम्भावनाबाट च्युत हुँदै आएको छ ।

मैदानमा खेलाडीले इतिहासकै ठूलो खेलबाट शिर ठाडो पार्न लायक प्रदर्शन गरिरहँदा देशमा भने नेपाली क्रिकेट चुनावको सरगर्मीमा मज्जासँग डुबेको छ । असोज ५ र ६ गते हुने चुनावले आगामी चार वर्षका लागि नेपाली क्रिकेटको नेतृत्व चयन गर्नेछ । जसले मैदानभित्रबाट खेलाडीले देखाएको सम्भावनाको गन्तव्यमा नेपाली क्रिकेटलाई पुर्याउनुपर्नेछ ।

तर संकेतहरू सुखद छैनन् । विगतमा थुप्रै पटक असफल प्रमाणित भइसकेकाहरू नेतृत्वमा आउने सम्भावना बलियो देखिन्छ । मैदानभित्र नेपाली क्रिकेटको आधार बनाउन महत्त्वपूर्ण योगदान गर्नेमध्ये एक राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का आशाको एउटा दियो जसरी अगाडि आएका छन् ।

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उनी निर्वाचित भइसके । केन्द्रीय निर्वाचनमा उनको उम्मेदवारी के होला र नतिजा के होला ? त्यो भविष्यको गर्भमा छ । अर्को महिनाको साधारणसभाले पारसलाई केन्द्रमा महत्त्वपूर्ण पदमा निर्वाचित गराए त्यो नेपाली क्रिकेटका लागि सुखद हुनसक्छ ।

 जिल्ला र प्रदेशका चुनावमा आएका नतिजामा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ प्रस्ट देखिन्छ । गण्डकी प्रदेशको अध्यक्षमा सन्जय सिग्देल र लुम्बिनीमा सन्जय गुरुङ अध्यक्षमा निर्वाचित भए । दुवै सक्रिय अन्तर्राष्ट्रिय अम्पायर हुन् । बहुभूमिकामा देखिएका सिग्देल र गुरुङ उदाहरणमात्र हुन् । प्रत्येकजसो जिल्ला र अन्य प्रदेशमा पनि यस्ता उदाहरण छन् ।

विषय पारसको पनि होइन । जिल्ला हुँदै सबै प्रदेशसम्मको निर्वाचन सम्पन्न भइसक्यो । जिल्ला र प्रदेशका चुनावमा आएका नतिजामा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ प्रस्ट देखिन्छ । गण्डकी प्रदेशको अध्यक्षमा सन्जय सिग्देल र लुम्बिनीमा सन्जय गुरुङ अध्यक्षमा निर्वाचित भए । दुवै सक्रिय अन्तर्राष्ट्रिय अम्पायर हुन् । बहुभूमिकामा देखिएका सिग्देल र गुरुङ उदाहरणमात्र हुन् । प्रत्येकजसो जिल्ला र अन्य प्रदेशमा पनि यस्ता उदाहरण छन् ।

क्यानको विधानले खेलाडीको हकमा निश्चित व्यवस्था गरेको छ । जुन प्रशिक्षक र अम्पायरको हकमा छैन । कुनै पनि खेलाडीले प्रशासनमा आउनका लागि सक्रिय खेलजीवनबाट संन्यास लिएको दुई वर्ष पुगेको हुनुपर्छ । अघिल्लो चुनावमा पारस यही कारण आउन पाएका थिएनन् । तर प्रशिक्षक र अम्पायरको हकमा यस्तो व्यवस्था छैन । प्रशिक्षक र अम्पायर संघलाई विधानले निर्वाचनमा मताधिकारसमेत दिएकाले हुनसक्छ, यस्तो विरोधाभाषपूर्ण व्यवस्था राखिएको ।

आसन्न क्यान साधारणसभा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का तमाम समस्या सधैंका लागि समाधान गर्ने थलो पनि बन्न सक्छ । सही, स्वच्छ, इमान्दार र प्रतिबद्ध नेतृत्व चयन गरेर सुशासनको थालनी गर्न सकिन्छ । नेपाली क्रिकेटलाई हकलाग्दो गन्तव्यमा पुर्याउने बाटोमा हिँडाउन सकिन्छ । 
 


भिडियो
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||