माघ १८, २०८२ आइतबार | ०२:१७:५८
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

शाहिनको रिभर्स स्विङले गार्हो बनायो: सोमपाल कामी

काठमाडौं । नेपालले एसिसी एसिया कपको दोस्रो खेलमा  सोमबार विश्व क्रिकेटको महारथी भारतरको सामना गरेको थियो ।

नतिजा आफ्नो पक्षमा नआए पनि नेपाली टोलीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । जसले विश्व क्रिकेटमा निकै चर्चा कमायो ।

श्रीलंकाको पालेकले क्रिकेट रंगशालामा नेपालले भारतविरुद्ध ४८.२ ओभरमा अल आउट हुनुअघि २ सय ३१ रनको योगफल तयार पारेको थियो । नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८ र कुशल भुर्तेलले ३८ रन बनाए ।

वर्षा बाधक बनेको खेललाई २३ ओरभमा झारिदाँ भारतले १ सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । जुन लक्ष्य भारतले कुनै पनि विकेट नगुमाइ २०.१ ओभरमा भेट्टाएको थियो ।  भारतका लागि कप्तान रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रनको योगदान गरे ।

नेपाली टोलीका अराउन्डर सोमपाल कामी भारतविरुद्ध १० विकेटको पराजय ब्यहोरे पनि टोलीका बलिङ खराब नरहेको बताउँछन् ।

‘सबैलाई लागेको होला हामीले भारतविरुद्ध राम्रो बलिङ गर्न सकेनौ। तर, हामीले खेल २० ओभरसम्म लगेका थियौं,’ सोपालले खेलाडीसँग भने,‘ नतिजा मात्र हाम्रो पक्षमा नआएको हो, भारतसँग हामीले राम्रो प्रदर्शन गरेका हौं । दिल्ली विमानस्थलमा जाँदा सबैले हामीलाई भनिरहेका थिए, नेपालले पनि क्रिकेट खेल्छ र ? अहिले त्यहाँको सञ्चारकर्मीले थाहा पाए की हामी पनि कोहि भन्दा कम छैनौं । ’

यस्तै नेपालले गत बुधबार पाकिस्तानसँग खेल्दै एसिया कपका डेब्यू गरेको थियो । आइसिसी एकदिवसीय वरियाताको शीर्ष स्थान रहेको पाकिस्ताननविरुद्ध नेपालले राम्रो सुरुआत गरे पनि डेथ ओभरमा भने रन खर्चिन पुगेको थियो ।

मुल्तान  अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४३ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ तथा इफ्तिकर अहमद अविजित १ सय ९ रनको साझेदारी गरेका थिए ।

जवाफमा २३.४ ओभरमा १ सय ४ रनमै सेटिएको नेपालले २ सय ३८ रनको हार ब्यहोर्यो । नेपालका लागि नेपालका लागि सोमपालले २८, आरिफले २६ र गुल्सन झाले १३ रन बनाए ।

सोमपाल पाकिस्तानसँगको खेलमा भने ब्याटिङ राम्रो गर्न नसेको स्विर्काछन् ।

‘अन्तिम ओभर तिर चुके पनि पाकिस्तानसँग राम्रो बलिङ राम्रो भएको थियो । तर हामीले ब्याटिङमा भने राम्रो गर्न सकेनौं,सोमपालले थपे,‘पाकिस्तानी बलरको गतीले गार्हो भएन । तर, शाहिन शाह अफ्रिदीको रिभर्स स्विङले चाहिँ गार्हो बनायो । उसले फालेको पहिलो चार बलमा मैले केही पनि थाहा पनि पाइन । सुरुमा देखिने, पछि बल नै नदेखिने । जज गर्न गार्हो भयो ।’

यो पनि 

https://youtu.be/9bDhSrqoVB0?si=47IEcacH48TYSU08

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।