चैत्र ७, २०८२ शनिबार | २०:१३:१४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

क्यानको लापरवाही, राष्ट्रिय टोली फर्कँदा व्यवस्थापन भद्रगोल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को भद्रगोल व्यवस्थापनका कारण बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समाचार संकलन गर्न गएका पत्रकारले आफ्नो कामै गर्न पाएनन् । कारण थियो टोलीलाई स्वागत गर्न विमानस्थालमा उर्लिएको भिड ।

अत्याधिक भिड भएपछि क्यानले खेलाडीलाई पत्रकारसँग कुरा गर्न निदइ सिधै हाेटल पुर्याएकाे थियाे । सामान्य अवस्थामा विमानस्थलमै पत्रकार सम्मेलन हुने गरेकाे थियाे । 

एसिसी एसिया कपमा विश्व क्रिकेटका महारथी देशहरु पाकिस्तान र भारतसँग खेलेको नेपाली क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हाे ।

दिउँसो १२ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली टोली २ बजे आगमन कक्ष आइपुगेको थियो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा क्यान पदाधिकारीसँगै पत्रकार र समर्थक उपस्थित थिए । चरम भिडका कारण आगमन कक्षमा समाचार संकलन गर्न पुगेका खेल पत्रकार निराश बने । समर्थकको भिडमा मिसिएका नियमित रिपोर्टिङ गर्ने पत्रकारले कामै गर्न पाएनन् । फोटो पत्रकारले बल्ल तल्ल केही फोटो खिचे, जुन काम झारो टारे जस्तै भयो ।

 भिडमा उपस्थित नेपाल खेलकुद पत्रकार मञ्चकी एक महिला सदस्यमाथि दुर्वयवहार पनि भएको छ । उनलाई त्यहाँ धकेल्ने काम भएको थियो ।

नेपाली क्रिकेट टोली विदेश जाने र स्वदेश फर्कने कार्यक्रममा क्यानको व्यवस्थापन सँधै असुरक्षित तथा अव्यवस्थित बन्दै आएको छ ।

प्रगतिपथमा चढिरहेको नेपाली क्रिकेटमा यस किसिमको घटना निन्दनीय विषय हो । आगामी दिनमा संघले व्यवस्थापनमा देखिएको कमजोरीको निवारण गर्न आवश्यक छ ।

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो