चैत्र १२, २०८२ बिहीबार | १६:०५:४९
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

बंगलादेश सुपर १२ मा

मस्कट, (खेलाडी)-  बंगलादेशले आईसीसी ट्वान्टी२० विश्वकप क्रिकेटमा दोस्रो जित निकाल्दै सुपर १२ मा स्थान पक्का गरेको छ ।

बिहिबार समूह 'बी' मा बंगलादेशले पपुवा न्गुगिनीमाथि माथी ८४ रनको फराकिलो जित निकाल्दै बंगलादेशले सुपर १२ को टिकट काटेको हो ।

यसअघि मंगलबार श्रीलंकाले समूह 'ए' बाट सुपर १२ मा स्थान पक्का गरेको थियो ।

तीन खेलमा चार अंक जोडेको बंगलादेश समूह 'बी' को शीर्ष स्थानमा उक्लिएको हो । दुई खेलमा चार अंक जोडेको स्कटल्यान्ड दोस्रो, दुई खेलमा दुई अंकहित ओमान तेस्रो स्थानमा छ भने प्रतियोगिताबाट बाहिरिएको पपुवा न्गुगिनी अंकबिहिन बन्यो ।

बंगलादेशले प्रस्तुत गरेको एक सय ८२ रनको लक्ष्य पछ्याएको पपुवा न्गुगिनी १९.३ ओभरमा ९७ रनमा सीमित भयो । पपुवा न्युगिनीका किप्लिन डोरिगाले सर्वाधिक ४६ रन बनाए । अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् ।

बंगलादेशका साकिब अल हसनले चार विकेट लिदाँ मोहमद सैफुदीन र ताक्सिन अहमेदले समान दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८१ रनको योगफल खडा गरेको थियो ।

बंगलादेशका कप्तम महमुदउल्लाहले ५० जोड्दा साकिबले ४६ रन जोडे । त्यस्तै लिट्टन दासले २९ रन जोडे ।

पपुवा न्युगिनीका डामिन राभु, काबुआ मोरिया र असाद भालाले समान दुई विकेट लिए ।

प्रारम्भिक चरणमा आठ टोलीको सहभागिता रहेको छ । समूह 'ए' र 'बी' मा समान चार टोली छन् । दुवै समूहको शीर्ष दुई टोलीले सुपर १२ मा स्थान बनाउनेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो