चैत्र १३, २०८२ शुक्रबार | ०७:४२:४३
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाः हारका बाबजुत नेपाल फाइनलमा

काठमाडौं । चार देश सम्मिलित महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासँग ६ विकेटले विकेटले पराजित भएको छ ।

हारका बाबजुत नेपालले फाइनलमा स्थान बनाउँदा विजयी भएको मलेसिया भने फाइनल पुग्न सकेन ।

नेपाल, हङकङ र मलेसियाको समान चार अंक रहेपनि नेट रनरेटका आधारमा अघि रहँदा नेपाली शीर्ष र हङक दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेका हुन् ।

नेपालको रन रेट ०.८५३४, हङकङको ०.१९२६ र मलेसियाको ०.००७१ रह्यो ।

यसअघि नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा कुवेतलाई आठ विकेटले हराएको मलेसिया वर्षाले प्रभावित दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो ।

बायोमास ओभलमा शुक्रबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

मलेसियाका लागि ऐन्ना हशिमले अविजित ३७ र माहिरा स्मालइलले २१ रन जोडे ।

नेपालका लागि पूजा महतो, कविता जोशी र सीता राना मगरले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल तयार पारेको थियो । वर्षाका कारण खेललाई १८ ओभरमा झारिएको हो । डकवर्थ लुइस पद्धतिको आधारमा मलेसियाले ८५ रनको लक्ष्य प्राप्त गरेको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र काजल श्रेष्ठले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियाका लागि माहिरा स्माइल, ऐन्ना हशिम र नुर समादले समान दुई तथा ऐश्या फिर्दाजले एक विकेट लिए ।

उपाधिका लागि नेपालले हङकङ तथा तेस्रो स्थानका लागि मलेसियाले कुवेताको सामना गर्नेछन् । दुवै खेल शनिबार हुनेछ ।

आइसीसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देशसम्मिलित शृंखला खेलिरहेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो