माघ १५, २०८२ बिहीबार | १६:५८:०८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाः हारका बाबजुत नेपाल फाइनलमा

काठमाडौं । चार देश सम्मिलित महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासँग ६ विकेटले विकेटले पराजित भएको छ ।

हारका बाबजुत नेपालले फाइनलमा स्थान बनाउँदा विजयी भएको मलेसिया भने फाइनल पुग्न सकेन ।

नेपाल, हङकङ र मलेसियाको समान चार अंक रहेपनि नेट रनरेटका आधारमा अघि रहँदा नेपाली शीर्ष र हङक दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेका हुन् ।

नेपालको रन रेट ०.८५३४, हङकङको ०.१९२६ र मलेसियाको ०.००७१ रह्यो ।

यसअघि नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा कुवेतलाई आठ विकेटले हराएको मलेसिया वर्षाले प्रभावित दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो ।

बायोमास ओभलमा शुक्रबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

मलेसियाका लागि ऐन्ना हशिमले अविजित ३७ र माहिरा स्मालइलले २१ रन जोडे ।

नेपालका लागि पूजा महतो, कविता जोशी र सीता राना मगरले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल तयार पारेको थियो । वर्षाका कारण खेललाई १८ ओभरमा झारिएको हो । डकवर्थ लुइस पद्धतिको आधारमा मलेसियाले ८५ रनको लक्ष्य प्राप्त गरेको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र काजल श्रेष्ठले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियाका लागि माहिरा स्माइल, ऐन्ना हशिम र नुर समादले समान दुई तथा ऐश्या फिर्दाजले एक विकेट लिए ।

उपाधिका लागि नेपालले हङकङ तथा तेस्रो स्थानका लागि मलेसियाले कुवेताको सामना गर्नेछन् । दुवै खेल शनिबार हुनेछ ।

आइसीसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देशसम्मिलित शृंखला खेलिरहेका छन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।