चैत्र १७, २०८२ मंगलबार | १०:२९:४४
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

आइसिसी एकदिवसीय विश्वकप छनोटः श्रीलंकाले स्कटल्यान्डलाई हरायो

काठमाडौं । श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोटमा समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ८२ रनले पराजित गरेको छ ।

श्रीलंका समूह‘ बी’ बाट अपराजित रहँदै सुपर सिक्समा पुगेको छ । चारै खेलमा जित निकालेको श्रीलंकाले आठ अंक जोड्यो ।  पहिलो पराजय ब्यहोरेको स्कटल्यान्डको समान खेलबाट ६ अंक रह्यो ।  

जिम्बावेको क्विन्स स्पोर्टस क्लबमा श्रीलंकाले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड २९ ओभरमा १ सय ६३ रनमै समेटियो ।

स्कटल्यान्डका क्रिस ग्रेभ्सले  ४१ बलमा सात चौका र दुई छक्काको मद्दतमा ५६ रनमा अविजित रहे । यसैगरी क्रिस म्याकब्राइड २९, क्रिस सोलले १७, मार्क वाटले १४ र कप्तान रिची बेरिंग्टन १० रन बनाए ।

नवौं विकेटका लागि ग्रेभ्स र सोलले ५५ रनको साझेदारी गरे ।

श्रीलंकाका लागि महेश थिक्सेनाले तीन विकेट लिए, वानिन्दु हसरंगाले दुई तथा कसुन रजिथा, लाहिरु कुमारा र दासुन शानकाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर  ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा  सबै विकेट गुमाउँदै २ सय ४५ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि पाथुम निसांकाले ८५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी चरिथ असलंकाले ६५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ६३, सदिरा समराविक्रमाले  २६, धनन्जय डि सिल्भाले २३,  महेश थिक्सेनाले १६ र वानिन्दु हसरंगाले १५ रन बनाए ।

स्कटल्यान्डका लागि  क्रिस ग्रेभ्सले चार, मार्क वाटले तीन तथा  क्रिस सोलले दुई  विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो