माघ १७, २०८२ शनिबार | १४:५२:१५
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

आइसिसी एकदिवसीय विश्वकप छनोटः श्रीलंकाले स्कटल्यान्डलाई हरायो

काठमाडौं । श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोटमा समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ८२ रनले पराजित गरेको छ ।

श्रीलंका समूह‘ बी’ बाट अपराजित रहँदै सुपर सिक्समा पुगेको छ । चारै खेलमा जित निकालेको श्रीलंकाले आठ अंक जोड्यो ।  पहिलो पराजय ब्यहोरेको स्कटल्यान्डको समान खेलबाट ६ अंक रह्यो ।  

जिम्बावेको क्विन्स स्पोर्टस क्लबमा श्रीलंकाले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड २९ ओभरमा १ सय ६३ रनमै समेटियो ।

स्कटल्यान्डका क्रिस ग्रेभ्सले  ४१ बलमा सात चौका र दुई छक्काको मद्दतमा ५६ रनमा अविजित रहे । यसैगरी क्रिस म्याकब्राइड २९, क्रिस सोलले १७, मार्क वाटले १४ र कप्तान रिची बेरिंग्टन १० रन बनाए ।

नवौं विकेटका लागि ग्रेभ्स र सोलले ५५ रनको साझेदारी गरे ।

श्रीलंकाका लागि महेश थिक्सेनाले तीन विकेट लिए, वानिन्दु हसरंगाले दुई तथा कसुन रजिथा, लाहिरु कुमारा र दासुन शानकाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर  ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा  सबै विकेट गुमाउँदै २ सय ४५ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि पाथुम निसांकाले ८५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी चरिथ असलंकाले ६५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ६३, सदिरा समराविक्रमाले  २६, धनन्जय डि सिल्भाले २३,  महेश थिक्सेनाले १६ र वानिन्दु हसरंगाले १५ रन बनाए ।

स्कटल्यान्डका लागि  क्रिस ग्रेभ्सले चार, मार्क वाटले तीन तथा  क्रिस सोलले दुई  विकेट लिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।