फाल्गुन २५, २०८२ सोमबार | १२:१४:३२
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

नेपाल मलेसियासँग पराजित

काठमाडौं । नेपाल पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली मलेसियासँग पाँच विकेटले पराजित भएको छ ।

वाइएसडी यूकेएम ओभलमा सोमबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो ।

मलेसियाका लागि वान जुलियाले १३ र आइना हामिजाहले अविजित १२ रन बनाए ।

नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान दुई तथा कविता कुँवरले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ५० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । यसैगरी ज्योति पान्डेले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाका लागि निक नुर अतिलाले तीन तथा आइस्या एलिसा, आइना हमिजाह र महिराह इस्लामीले समान दुई विकेट लिए ।  

ट्वाटी-२० अन्तर्राष्ट्रियमा नेपालविरुद्ध पहिलो जित निकालेको मलेसियाले शृंखलामा १-० को अग्रता लिएको छ । ११ महिना पछि अन्तर्राष्ट्रिय क्रिकेट खेलको नेपालले हारबाट शृंखलाको सुरुआत गरेको छ ।  

यसअघि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा यी दुईबीच भएका तीनै खेलमा नेपाल विजयी भएको थियो ।

नेपालले पछिल्लो पटक मलेसियामा नै गत वर्ष जुन १७ देखि २५ सम्म एसिसी महिला ट्वान्टी-२० च्याम्पियनसिप खेलेको थियो ।

शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ ।

 

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||