पुस २४, २०८२ शुक्रबार | १९:०९:२४
अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी

नेपाल मलेसियासँग पराजित

काठमाडौं । नेपाल पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली मलेसियासँग पाँच विकेटले पराजित भएको छ ।

वाइएसडी यूकेएम ओभलमा सोमबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो ।

मलेसियाका लागि वान जुलियाले १३ र आइना हामिजाहले अविजित १२ रन बनाए ।

नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान दुई तथा कविता कुँवरले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ५० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । यसैगरी ज्योति पान्डेले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाका लागि निक नुर अतिलाले तीन तथा आइस्या एलिसा, आइना हमिजाह र महिराह इस्लामीले समान दुई विकेट लिए ।  

ट्वाटी-२० अन्तर्राष्ट्रियमा नेपालविरुद्ध पहिलो जित निकालेको मलेसियाले शृंखलामा १-० को अग्रता लिएको छ । ११ महिना पछि अन्तर्राष्ट्रिय क्रिकेट खेलको नेपालले हारबाट शृंखलाको सुरुआत गरेको छ ।  

यसअघि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा यी दुईबीच भएका तीनै खेलमा नेपाल विजयी भएको थियो ।

नेपालले पछिल्लो पटक मलेसियामा नै गत वर्ष जुन १७ देखि २५ सम्म एसिसी महिला ट्वान्टी-२० च्याम्पियनसिप खेलेको थियो ।

शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ ।

 

 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA