चैत्र ७, २०८२ शनिबार | ००:५३:१४
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण

भरतपुर । ललितपुरलाई ३६ रनले पराजित गर्दै चितवनले दोस्रो बागमती प्रदेश खेलकुदको पुरुष क्रिकेटमा स्वर्ण जितेको छ । 

चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा चितवनले प्रस्तुत गरेको एक सय ६७ रनको लक्ष्य पछ्याएको ललितपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै  एक सय ३० रन मात्र बनाउन सक्यो ।

ललितपुरका लागि विवेक रानामगरले अविजित २७,आशुतोष घिरैया २५,रोनिम तिवारीले १६ र आरस तामाङले १४ रन बनाए ।

चितवनका लागि  दिवस आचार्यले चार ओभरमा १५ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी दीपेश श्रेष्ठले दुई तथा गौतम केसीले एक विकेट हात पारे ।

यसअघि टस जितेर  ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक ६६ रनको योगफल तयार पारेको थियो।

चितवनका लागि गौतम केसीले ३४, पाल्देश लामाले ३४ तथा जेनिस महतो र प्रतीक श्रेष्ठले समान ३२ रन बनाए । ।

तेस्रो विकेटका लागि ओपनर पाल्देन लामा र जेनिस महतले ५३ रनको अर्धसतकीय साझेदारी गरेका थिए ।

ललितपुरका लागि प्रसिद्ध बज्रचार्याले तीन, विवेक रानामगरले दुई तथा युनिस थापा र आदिल खानले समान एक विकेट लिए ।

प्रतियोगितामा काठमाडौंका इसान पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित भए । काठमाडौंकै मनोज यादव उत्कृष्ट बलर र चितवनका प्रतीक श्रेष्ठ उत्कृष्ट ब्याटर चुनिए।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यलय प्रमुख देवनारायण चौधरीलगायतले पुरस्कृत गरे ।

महिला क्रिकेटको उपाधि भने काठमाडौंले जितेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो