माघ १५, २०८२ बिहीबार | १३:३०:१९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

लखनउमाथि गुजरातको सहज जित

काठमाडौं । साबिक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार लखनउ सपर जायन्टसलाई  ५६ रनले पराजित गरेको छ । 

जितसँगै ११ खेलमा १६ अंकका साथ शिर्ष स्थानमा कायमै रहेको गुजरातले प्लेअफ सम्भावना बलियो बनाएको छ । पराजय ब्यहोरेको लखनउ समान खेलमा ११ अंकसहित तेस्रो स्थानमा छ ।

अहमदाबादस्थित गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गुजरातले प्रस्तुत गरेको दुई सय २८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै एक सय ७१ रन मात्र बनाउन सक्यो ।

लखनउका लागि क्विनटन डि ककले ४२ बलमा सात चौका र तीन छक्काको मद्दतमा ७१ रन बनाए । यसैगरी कायल मेयर्सले ४८, आयुष बदोनीले २१ र दीपक हुड्डाले ११ रन जोडे ।

पहिलो विकेटका लागि डि ककले  र  मायर्सले  बलमा ८८ रनको साझेदारी गरेका थिए ।

गुजरातका लागि मोहित शर्माले चार तथा  अहमद,राशिद खान र मोहम्मद सामीले समान एक  विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको  गुजरातले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै दुई सय २७ रनको योगफल तयार पारेको थियो ।

गुजरातका लागि शुभमन गिलले ५१ बलमा सात छक्का र दुई चौकाको मद्दतमा अविजित ९४ रन बनाए । यसैगरी ऋद्धिमान  शाहले ४३ बलमा १० चौका र चार छक्काको मद्दतमामा ८१, कप्तान हार्दिक पान्ड्याले  २५ तथा डेविड मिलले अविजित २१ रन बनाए ।

पहिलो विकेटका लागि गिल र शाहले ले एक सय ४२ रनको सानदार साझेदारी गरे ।

लखनउका लागि आवेश खान र मोहसिन खानले समान एक विकेट लिए ।

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।