चैत्र १३, २०८२ शुक्रबार | २१:२२:४३
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

लखनउमाथि गुजरातको सहज जित

काठमाडौं । साबिक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार लखनउ सपर जायन्टसलाई  ५६ रनले पराजित गरेको छ । 

जितसँगै ११ खेलमा १६ अंकका साथ शिर्ष स्थानमा कायमै रहेको गुजरातले प्लेअफ सम्भावना बलियो बनाएको छ । पराजय ब्यहोरेको लखनउ समान खेलमा ११ अंकसहित तेस्रो स्थानमा छ ।

अहमदाबादस्थित गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गुजरातले प्रस्तुत गरेको दुई सय २८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै एक सय ७१ रन मात्र बनाउन सक्यो ।

लखनउका लागि क्विनटन डि ककले ४२ बलमा सात चौका र तीन छक्काको मद्दतमा ७१ रन बनाए । यसैगरी कायल मेयर्सले ४८, आयुष बदोनीले २१ र दीपक हुड्डाले ११ रन जोडे ।

पहिलो विकेटका लागि डि ककले  र  मायर्सले  बलमा ८८ रनको साझेदारी गरेका थिए ।

गुजरातका लागि मोहित शर्माले चार तथा  अहमद,राशिद खान र मोहम्मद सामीले समान एक  विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको  गुजरातले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै दुई सय २७ रनको योगफल तयार पारेको थियो ।

गुजरातका लागि शुभमन गिलले ५१ बलमा सात छक्का र दुई चौकाको मद्दतमा अविजित ९४ रन बनाए । यसैगरी ऋद्धिमान  शाहले ४३ बलमा १० चौका र चार छक्काको मद्दतमामा ८१, कप्तान हार्दिक पान्ड्याले  २५ तथा डेविड मिलले अविजित २१ रन बनाए ।

पहिलो विकेटका लागि गिल र शाहले ले एक सय ४२ रनको सानदार साझेदारी गरे ।

लखनउका लागि आवेश खान र मोहसिन खानले समान एक विकेट लिए ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो