चैत्र १४, २०८२ शनिबार | १६:२४:३०
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

वर्षा बाधक बन्दा न्युजिल्यान्ड र श्रीलंकाबीचको दोस्रो एकदिवसीय रद्द

न्युजील्यान्ड र श्रीलंकाबीच दोस्रो एकदिवसीय खेल हुने तय भएको हेग्ली ओभल

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृंखला अन्तर्गत मंगलबारका लागि तय भएको दाेस्राे खेल रद्द हुँदा श्रीलंकाको विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ। 

वर्षका कारण श्रीलंकाका लागि महत्वपूर्ण मानिएको दोस्रो खेल एक बल पनि नखेली रद्द भएकाे हाे। खेल क्रिस्टचर्चस्थित हेग्ली ओभलमा हुने तय थियो । 

श्रीलंकाको सुपर लिगमा एक खेल मात्र बाँकी छ। शुक्रबार ह्यामिल्टनमा हुने तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्यान्डलाई हराएमा श्रीलंका वेस्ट इन्डिजलाई पछि पार्दै आठौं स्थानमा उक्लिने छ ।

श्रीलंका आठौं स्थानमा उक्लिए पनि उसलाई  दसौं स्थानको दक्षिण अफ्रिकाले पछि पार्ने सम्भावना छ ।

किनभने दक्षिण अफ्रिकाको नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिजका दुई खेल बाँकी छन्। ती दुवै खेलमा जित हासिल गरेमा दक्षिण अफ्रिका आठौं स्थानमा उक्लिने छ ।

एघारौं स्थानमा रहेको आयरल्यान्डको पनि मेमा बंगलादेशसँग तीन खेल बाँकी रहेकाले  छनोट हुने सम्भावना छ।

सुपर लिगका वेस्ट इन्डिज, श्रीलंका, दक्षिण अफ्रिका र आयरल्यान्ड मध्ये एक टोली विश्वकपमा सिधौ छनोट हुनेछ । बाँकी तीन टोलीले भने विश्वकप छनोट खेल्नु पर्ने हुन्छ । 
जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित जिम्बावे, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानले खेल्ने पक्का भइसकेको छ।

छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी पाँच टिमको टुंगो लाग्न बाँकी छ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो