माघ १९, २०८२ सोमबार | ००:२८:०३
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

वर्षा बाधक बन्दा न्युजिल्यान्ड र श्रीलंकाबीचको दोस्रो एकदिवसीय रद्द

न्युजील्यान्ड र श्रीलंकाबीच दोस्रो एकदिवसीय खेल हुने तय भएको हेग्ली ओभल

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृंखला अन्तर्गत मंगलबारका लागि तय भएको दाेस्राे खेल रद्द हुँदा श्रीलंकाको विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ। 

वर्षका कारण श्रीलंकाका लागि महत्वपूर्ण मानिएको दोस्रो खेल एक बल पनि नखेली रद्द भएकाे हाे। खेल क्रिस्टचर्चस्थित हेग्ली ओभलमा हुने तय थियो । 

श्रीलंकाको सुपर लिगमा एक खेल मात्र बाँकी छ। शुक्रबार ह्यामिल्टनमा हुने तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्यान्डलाई हराएमा श्रीलंका वेस्ट इन्डिजलाई पछि पार्दै आठौं स्थानमा उक्लिने छ ।

श्रीलंका आठौं स्थानमा उक्लिए पनि उसलाई  दसौं स्थानको दक्षिण अफ्रिकाले पछि पार्ने सम्भावना छ ।

किनभने दक्षिण अफ्रिकाको नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिजका दुई खेल बाँकी छन्। ती दुवै खेलमा जित हासिल गरेमा दक्षिण अफ्रिका आठौं स्थानमा उक्लिने छ ।

एघारौं स्थानमा रहेको आयरल्यान्डको पनि मेमा बंगलादेशसँग तीन खेल बाँकी रहेकाले  छनोट हुने सम्भावना छ।

सुपर लिगका वेस्ट इन्डिज, श्रीलंका, दक्षिण अफ्रिका र आयरल्यान्ड मध्ये एक टोली विश्वकपमा सिधौ छनोट हुनेछ । बाँकी तीन टोलीले भने विश्वकप छनोट खेल्नु पर्ने हुन्छ । 
जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित जिम्बावे, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानले खेल्ने पक्का भइसकेको छ।

छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी पाँच टिमको टुंगो लाग्न बाँकी छ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।