फाल्गुन २८, २०८२ बिहीबार | १०:४८:२०
कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस

कोशीको सुखद सुरुआत

काठमाडौं । ललितपुर मेयर्स-११ लाई सात विकेटले पराजित गर्दै कोशी प्रदेशले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

यस जितसँगै कोशीले दुई अंक जोड्दा लगातार दोस्रो पराजय ब्यहोरेको ललितपुर अंकविहिन छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा ललितपुरले प्रस्तुत गरेको ६६ रनको लक्ष्य कोशीले १२ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

कोशीका लागि अप्सरी बेगमले अविजित २९ तथा कप्तान रुबिना क्षेत्रीले १३ रन बनाए ।

ललितपुरका लागि कप्तान अस्मिना कर्माचार्यले दुई तथा कृतिका मरासिनीले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६५ रनको योगफल तयार पारेको थियो ।

ललितपुरका लागि लक्ष्मी चौधरीले २३ र मनिषा उपाध्यायले अविजित १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोशीका लागि निशा शाहले तीन, अप्सरी बेगमले दुई तथा सबनम राई र अलिशा खडियाले समान एक विकेट लिए ।

ललितपुरले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ५१ रनको पराजय ब्यहोरेको थियो । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||