चैत्र १२, २०८२ बिहीबार | १९:१६:३२
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

नगरपालिका र क्यानले मिलेर एसिसी प्रिमियर कपको तयारी गर्ने

मुलपानी क्रिकेट मैदानः फाइल फोटो

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र नेपाल क्रिकेट संघ(क्यान)ले मिलेर आगामी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारी गर्ने भएका छन् । क्यानले हाल मैदानमा स्तर उन्नतिको कामहरु गरिरहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले मुलपानी मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन लागेकाले क्यानलाई नगरपालिकाले सक्दो सहयाेग गर्ने बताएका छन् । 

मैदान मर्मत तथा सुधारका लागि क्यानले हाल बाउन्ड्री एरिया पनि बढाएको छ । विशेषतः नगरपालीकाले मैदानमा भएको बिजुली, बाटो र खानेपानीको समस्यालाई समाधान गर्न क्यानको मद्दत गर्नेछ ।

क्यानले भने चैत २८ भित्रमा मैदान मर्मतको कार्य सक्ने तयारी गरिरहेको छ । त्यसका लागि शुक्रबार मुलपानी मैदानमा क्यान र स्थानीय निकायबीच एसिसी प्रिमियरका लागि आवश्यक तयारीको बारेमा कुराकानी भएको थियो ।

आगामी बैशाख ५ देखि १८ सम्म संञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताका २४ मध्ये एक सेमिफाइनलसहित ११ खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा सहभागी १०टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । यसैगरी समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई  छन् ।

हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफइनलमा  स्थान बनाउने छन् । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ ।

यसैगरी प्रतियोगिताका शीर्ष तीन टोलीले एसिया इमर्जिङ कप खेल्नेछन् ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो