माघ १५, २०८२ बिहीबार | ०७:५०:०४
गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा

नगरपालिका र क्यानले मिलेर एसिसी प्रिमियर कपको तयारी गर्ने

मुलपानी क्रिकेट मैदानः फाइल फोटो

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र नेपाल क्रिकेट संघ(क्यान)ले मिलेर आगामी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारी गर्ने भएका छन् । क्यानले हाल मैदानमा स्तर उन्नतिको कामहरु गरिरहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले मुलपानी मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन लागेकाले क्यानलाई नगरपालिकाले सक्दो सहयाेग गर्ने बताएका छन् । 

मैदान मर्मत तथा सुधारका लागि क्यानले हाल बाउन्ड्री एरिया पनि बढाएको छ । विशेषतः नगरपालीकाले मैदानमा भएको बिजुली, बाटो र खानेपानीको समस्यालाई समाधान गर्न क्यानको मद्दत गर्नेछ ।

क्यानले भने चैत २८ भित्रमा मैदान मर्मतको कार्य सक्ने तयारी गरिरहेको छ । त्यसका लागि शुक्रबार मुलपानी मैदानमा क्यान र स्थानीय निकायबीच एसिसी प्रिमियरका लागि आवश्यक तयारीको बारेमा कुराकानी भएको थियो ।

आगामी बैशाख ५ देखि १८ सम्म संञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताका २४ मध्ये एक सेमिफाइनलसहित ११ खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा सहभागी १०टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । यसैगरी समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई  छन् ।

हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफइनलमा  स्थान बनाउने छन् । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ ।

यसैगरी प्रतियोगिताका शीर्ष तीन टोलीले एसिया इमर्जिङ कप खेल्नेछन् ।

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।