माघ १९, २०८२ सोमबार | ०४:००:३४
वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’

एपिएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

एपिएफले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको हो ।

यस जितसँगै एपिएफले दुई खेलमा चार अंक जोड्दा पहिलो पराजय ब्यहोरेको सुदूरपश्चिमको समान खेलबाट दुई अंक छ ।

एपिएफले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै एक सय ६ रन मात्र बनाउन सक्यो ।

सुदूरश्चिमका लागि कविता कुँवरले ६० बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकिनन् । यसैगरी कविता जोशीले अविजित  २६र  सम्झना खड्काले १७ रन जाेड्दा अन्य ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । 

एपिएफका लागि सुमन विष्टले दुई तथा कप्तान सीता राना मगर र इन्दु वर्माले समान एक विकेट लिए

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय २१ रनको  योगफल तयार पारेको थियो ।

एएिफका लाागि सीता राना मगरले ५९ बलमा सात चौकाको मद्दतमा अविजित ५२ रन बनाइन् । यसैगरी इन्दु वर्माले ४५ र ज्योती पाण्डेले १३ रन जोडे ।

दोस्रो विकेटका लागि सीता र इन्दुले ८० रनको साझेदारी गरेका थिए ।

सुदूरपश्चिमका लागि इश्वरी विष्टले एक विकेट लिइन् ।

पहिलो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर्स-११ लाई ५१ रन तथा एपिएफले मधेस प्रदेशलाई १० विकेटले पराजित गरेका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।