चैत्र १४, २०८२ शनिबार | ११:२५:२२
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

एपिएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

एपिएफले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको हो ।

यस जितसँगै एपिएफले दुई खेलमा चार अंक जोड्दा पहिलो पराजय ब्यहोरेको सुदूरपश्चिमको समान खेलबाट दुई अंक छ ।

एपिएफले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै एक सय ६ रन मात्र बनाउन सक्यो ।

सुदूरश्चिमका लागि कविता कुँवरले ६० बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकिनन् । यसैगरी कविता जोशीले अविजित  २६र  सम्झना खड्काले १७ रन जाेड्दा अन्य ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । 

एपिएफका लागि सुमन विष्टले दुई तथा कप्तान सीता राना मगर र इन्दु वर्माले समान एक विकेट लिए

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय २१ रनको  योगफल तयार पारेको थियो ।

एएिफका लाागि सीता राना मगरले ५९ बलमा सात चौकाको मद्दतमा अविजित ५२ रन बनाइन् । यसैगरी इन्दु वर्माले ४५ र ज्योती पाण्डेले १३ रन जोडे ।

दोस्रो विकेटका लागि सीता र इन्दुले ८० रनको साझेदारी गरेका थिए ।

सुदूरपश्चिमका लागि इश्वरी विष्टले एक विकेट लिइन् ।

पहिलो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर्स-११ लाई ५१ रन तथा एपिएफले मधेस प्रदेशलाई १० विकेटले पराजित गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो