चैत्र १२, २०८२ बिहीबार | १८:३७:४४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा वेस्ट इन्डिज ४८ रनले विजयी भएको छ । यससँगै तीन खेलको शृंखलामा वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण रद्ध हुँदा तेस्रो तथा निर्णायक खेल मंगलबार हुनेछ ।

पूर्वी लन्डनमा तीन सय ३६ रनको विशाल लक्ष्य पाएको दक्षिण अफ्रिका प्रत्युत्तरमा ४१.४ ओभरमा सबै विकेट गुमाउँदा दुई सय ८७ रनमा सिमित बनेको थियो ।  

दक्षिण अफ्रिकाका ओपनर ब्याटर टेम्बा बभुमाले सतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । कप्तान बभुमाले एक सय १८ बलमा ११ चौका र सात छक्कामद्धतमा एक सय ४४ रन बनाए । अर्का ओपनर क्विन्टर डि ककले २६ बलमा ४८ रन बनाएर आउट भए । टोनी डी जोर्जीले २७, मार्काे जान्सेनले १७, रायन किकेल्टनले १४ र लुङ्गी एनगिदीले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

वेस्ट इन्डिजमा अल्जारी जोसेफ र एकेअल हुसैनले सामान तीन विकेट लिन सफल भए । यसैगरी केली मायर्स, यानिक कारिअ र ओडेअन स्मिथले समान एक विकेट लिए ।

यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको भ्रमणकारी टोली वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ३५ रन बनाएको थियो । कप्तान शाइ होपले सतकीय इनिङ खेले । एक सय ११ बलमा प्लेयर अफ दि म्याच घोषित होपले एक सय २८ रन बनाए । यसैगरी, रभमन पावेलले ४६, निकोलास पूरनले ३९, ओपनर केली मायर्स ३६ र ब्रान्डम किङ्सले ३० रनको योगदान गरे ।

तीन एकदिवसीय खेलपछि दुई टोलीबीच तीन ट्वान्टी २० खेल आयोजना हुनेछ । दुइबीच भएको दुबै टेष्ट घरेलु टोली दक्षिण अफ्रिकाले जितेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो