माघ १५, २०८२ बिहीबार | ०७:१३:१८
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा वेस्ट इन्डिज ४८ रनले विजयी भएको छ । यससँगै तीन खेलको शृंखलामा वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण रद्ध हुँदा तेस्रो तथा निर्णायक खेल मंगलबार हुनेछ ।

पूर्वी लन्डनमा तीन सय ३६ रनको विशाल लक्ष्य पाएको दक्षिण अफ्रिका प्रत्युत्तरमा ४१.४ ओभरमा सबै विकेट गुमाउँदा दुई सय ८७ रनमा सिमित बनेको थियो ।  

दक्षिण अफ्रिकाका ओपनर ब्याटर टेम्बा बभुमाले सतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । कप्तान बभुमाले एक सय १८ बलमा ११ चौका र सात छक्कामद्धतमा एक सय ४४ रन बनाए । अर्का ओपनर क्विन्टर डि ककले २६ बलमा ४८ रन बनाएर आउट भए । टोनी डी जोर्जीले २७, मार्काे जान्सेनले १७, रायन किकेल्टनले १४ र लुङ्गी एनगिदीले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

वेस्ट इन्डिजमा अल्जारी जोसेफ र एकेअल हुसैनले सामान तीन विकेट लिन सफल भए । यसैगरी केली मायर्स, यानिक कारिअ र ओडेअन स्मिथले समान एक विकेट लिए ।

यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको भ्रमणकारी टोली वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ३५ रन बनाएको थियो । कप्तान शाइ होपले सतकीय इनिङ खेले । एक सय ११ बलमा प्लेयर अफ दि म्याच घोषित होपले एक सय २८ रन बनाए । यसैगरी, रभमन पावेलले ४६, निकोलास पूरनले ३९, ओपनर केली मायर्स ३६ र ब्रान्डम किङ्सले ३० रनको योगदान गरे ।

तीन एकदिवसीय खेलपछि दुई टोलीबीच तीन ट्वान्टी २० खेल आयोजना हुनेछ । दुइबीच भएको दुबै टेष्ट घरेलु टोली दक्षिण अफ्रिकाले जितेको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।