चैत्र १२, २०८२ बिहीबार | ११:१९:२९
रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित

एलपिएलः लिटल फ्लावरको लगातार तेश्रो जित

धनगढी । विद्यालय स्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा कन्चनपुरको भुवनेश्वरी विद्या मन्दिर र धनगढीको लिटल फ्लावर स्कुल विजयी भएका छन्।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा भुवनेश्वरी विद्या मन्दिरले सैनिक आवासीय महाविद्यालयलाई १० विकेटले पराजित गरेको थियो । प्रतियोगितामा भुवनेश्वरीको यो दोश्रो जित हो।

सैनिकले प्रस्तुत गरेको  ३४ रनको सामान्य लक्ष्य भुवनेश्वरीले ३.५ ओभरमा  कुनै पनि विकेट नगुमाई भेट्टायो।  भुवनेश्वरीका लागि लोकेश जोशीले अविजित २० तथा विशेष नाथले अविजित ६ रन बनाए ।

यस अघि टस जितेर ब्याटिङ राजेको गरेको सैनिकले १२.४ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनको योगफल तयार पारेको थियो । सैनिकका लागि विशाल ऐरले १८ रन बनाउनु बाहेक उसका अन्य कुनै पनि ब्याटरले  दोहोरो अंकमा रन जोड्न सकेनन्।

भुवनेश्वरीका सलग खगेन्द्र ठगुन्ना एक्लैले पाँच, भारत चन्दले चार तथा  कैलाश ऐरले एक  विकेट लिए।

दिनको दोश्रो खेलमा लिटल फ्लावर स्कुल धनगढीले वेस्टर्न क्रिस्टल एकेडेमी धनगढीलाई नौं विकेटले पराजित गरेको थियो । प्रतियोगितामा लिटल फ्लावरको यो लगातार तेश्रो जित हो।

वेस्टर्न क्रिस्टलले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य लिटल फ्लावरले १२.४ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो ।  

लिटल फ्लावरका लागि विपिन खत्रीले ३५ बलमा नौ चौका र एक छक्का मद्दतमा अविजित ५७ रन बनाए । यसैगरी सुवोध ऐरले २८ बलमा आठ चौका र दुई छक्का मद्दतले ५१ र नरेन भट्टले अविजित १५ जोडे ।

पहिलो विकेटका लागि  विपिन र सुवोधले ९४ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

यस अघि टस जितेर ब्याटिङ राजेको वेस्टर्न क्रिस्टलले  निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २७ रनको योगफल तयार पारेको थियो । बेस्टर्न क्रिस्टलका लागि डबल ऐरले सर्वाधिक ४६ रन तथा निरज ऐरले अविजित २० रन बनाए।

लिटल फ्लावरका बलर सचिन् भट्टले तीन सुवोध ऐरले दुई तथा रोशन रावल र आशिष सानुले समान एक  विकेट लिए।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो