माघ १८, २०८२ आइतबार | ०१:५५:३८
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

एलपिएलः लिटल फ्लावरको लगातार तेश्रो जित

धनगढी । विद्यालय स्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा कन्चनपुरको भुवनेश्वरी विद्या मन्दिर र धनगढीको लिटल फ्लावर स्कुल विजयी भएका छन्।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा भुवनेश्वरी विद्या मन्दिरले सैनिक आवासीय महाविद्यालयलाई १० विकेटले पराजित गरेको थियो । प्रतियोगितामा भुवनेश्वरीको यो दोश्रो जित हो।

सैनिकले प्रस्तुत गरेको  ३४ रनको सामान्य लक्ष्य भुवनेश्वरीले ३.५ ओभरमा  कुनै पनि विकेट नगुमाई भेट्टायो।  भुवनेश्वरीका लागि लोकेश जोशीले अविजित २० तथा विशेष नाथले अविजित ६ रन बनाए ।

यस अघि टस जितेर ब्याटिङ राजेको गरेको सैनिकले १२.४ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनको योगफल तयार पारेको थियो । सैनिकका लागि विशाल ऐरले १८ रन बनाउनु बाहेक उसका अन्य कुनै पनि ब्याटरले  दोहोरो अंकमा रन जोड्न सकेनन्।

भुवनेश्वरीका सलग खगेन्द्र ठगुन्ना एक्लैले पाँच, भारत चन्दले चार तथा  कैलाश ऐरले एक  विकेट लिए।

दिनको दोश्रो खेलमा लिटल फ्लावर स्कुल धनगढीले वेस्टर्न क्रिस्टल एकेडेमी धनगढीलाई नौं विकेटले पराजित गरेको थियो । प्रतियोगितामा लिटल फ्लावरको यो लगातार तेश्रो जित हो।

वेस्टर्न क्रिस्टलले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य लिटल फ्लावरले १२.४ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो ।  

लिटल फ्लावरका लागि विपिन खत्रीले ३५ बलमा नौ चौका र एक छक्का मद्दतमा अविजित ५७ रन बनाए । यसैगरी सुवोध ऐरले २८ बलमा आठ चौका र दुई छक्का मद्दतले ५१ र नरेन भट्टले अविजित १५ जोडे ।

पहिलो विकेटका लागि  विपिन र सुवोधले ९४ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

यस अघि टस जितेर ब्याटिङ राजेको वेस्टर्न क्रिस्टलले  निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २७ रनको योगफल तयार पारेको थियो । बेस्टर्न क्रिस्टलका लागि डबल ऐरले सर्वाधिक ४६ रन तथा निरज ऐरले अविजित २० रन बनाए।

लिटल फ्लावरका बलर सचिन् भट्टले तीन सुवोध ऐरले दुई तथा रोशन रावल र आशिष सानुले समान एक  विकेट लिए।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।