चैत्र ७, २०८२ शनिबार | २०:०५:२९
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

ब्याटरहरु जम्न नसक्दा हैदराबाद १३४-९ मा रोकियो 

दुबई, (खेलाडी)- कागिसो रावाडाले तीन तथा अक्षर पटेल र एनरिक नर्टजेले दुई/दुई विकेट लिएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा सनराइजर्स हैदराबादलाई १३४-९ मा रोकेको छ ।

कोभिड १९ महामारीका कारण गत मे महिनामा रोकिएर यसै साताबाट दुबईमा पुनः सुरु भएको आइपिएलको दोस्रो चरणअन्तर्गत आफ्नो पहिलो खेलमा हैदराबादले टस जितेर ब्याटिङ रोजेको थियो ।

तर हैदराबादका ब्याटरमाथि विपक्षी बलर हावी भएपछि ब्याटिङ रोज्ने कप्तान केन विलियम्सनको निर्णय अनुकुल देखिएन । 

राबाडाले चार ओभरमा ३७ रन खर्चेर तीन विकेट लिँदा नर्टजेले चार ओभरमा १२ रनमात्र खर्चिए । यसैगरी चार ओभर बलिङ गरेका पटेलले २१ रन खर्चिएका थिए । 

हैदराबादका लागि अब्दुल सामादले बनाएको २८ रन इनिङको सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । सामादले २१ बल सामना गर्दै दुई चौका र एक छक्का प्रहा गरेका थिए । 

यसैगरी रशिद खानले १९ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाउँदा विकेटकिपर ब्याटर ऋदिमन शाह र कप्तान विलियम्सनले समान १८ रनको योगदान गरे । ऋदिमनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए भने २६ बल सामना गरेका विलियम्सनले एक चौका हाने ।

हैदराबादको इनिङमा मनिष पाण्डेले १६ बलमा एक चौकासहित १७ रन बनाउँदा जेसन होल्डरले नौ बलमा एक छक्कासहित १० रन जोडे । टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

एक सय ३५ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले आठ ओभरको समाप्तीमा एक विकेट गुमाएर ५१ रन बनाएको छ । टोलीलाई जितका लागि बाँकी १२ ओभरमा ८४ रन आवश्यक छ ।

आठ बलमा ११ रन बनाएका दिल्लीका ओपनर पृथ्वी शाँ खादिल अहमदको बलमा विलियम्सनबाट क्याच भएका थिए । उनी आउट हुँदा तीन ओभरमा दिल्लीले २० रन बनाएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो