माघ १९, २०८२ सोमबार | ०२:४८:२२
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

ब्याटरहरु जम्न नसक्दा हैदराबाद १३४-९ मा रोकियो 

दुबई, (खेलाडी)- कागिसो रावाडाले तीन तथा अक्षर पटेल र एनरिक नर्टजेले दुई/दुई विकेट लिएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा सनराइजर्स हैदराबादलाई १३४-९ मा रोकेको छ ।

कोभिड १९ महामारीका कारण गत मे महिनामा रोकिएर यसै साताबाट दुबईमा पुनः सुरु भएको आइपिएलको दोस्रो चरणअन्तर्गत आफ्नो पहिलो खेलमा हैदराबादले टस जितेर ब्याटिङ रोजेको थियो ।

तर हैदराबादका ब्याटरमाथि विपक्षी बलर हावी भएपछि ब्याटिङ रोज्ने कप्तान केन विलियम्सनको निर्णय अनुकुल देखिएन । 

राबाडाले चार ओभरमा ३७ रन खर्चेर तीन विकेट लिँदा नर्टजेले चार ओभरमा १२ रनमात्र खर्चिए । यसैगरी चार ओभर बलिङ गरेका पटेलले २१ रन खर्चिएका थिए । 

हैदराबादका लागि अब्दुल सामादले बनाएको २८ रन इनिङको सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । सामादले २१ बल सामना गर्दै दुई चौका र एक छक्का प्रहा गरेका थिए । 

यसैगरी रशिद खानले १९ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाउँदा विकेटकिपर ब्याटर ऋदिमन शाह र कप्तान विलियम्सनले समान १८ रनको योगदान गरे । ऋदिमनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए भने २६ बल सामना गरेका विलियम्सनले एक चौका हाने ।

हैदराबादको इनिङमा मनिष पाण्डेले १६ बलमा एक चौकासहित १७ रन बनाउँदा जेसन होल्डरले नौ बलमा एक छक्कासहित १० रन जोडे । टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

एक सय ३५ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले आठ ओभरको समाप्तीमा एक विकेट गुमाएर ५१ रन बनाएको छ । टोलीलाई जितका लागि बाँकी १२ ओभरमा ८४ रन आवश्यक छ ।

आठ बलमा ११ रन बनाएका दिल्लीका ओपनर पृथ्वी शाँ खादिल अहमदको बलमा विलियम्सनबाट क्याच भएका थिए । उनी आउट हुँदा तीन ओभरमा दिल्लीले २० रन बनाएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।