काठमाडौं । अस्ट्रेलियाका एन्ड्रयु टाई पुरुष ट्वान्टी-२० मा सबैभन्दा छिटो तीन सय विकेट लिने बलर बनेका छन् ।
पर्थ स्कोचर्सका तीब्र गतीका बलर टाईले शनिबार पर्थ स्टेडियममा बिग बास लिग (बिबिएल) अन्तर्गतको खेलमान ब्रिस्बेन हिटविरुद्ध एक विकेट लिँदै ट्वन्टी–२० मा तीन सय विकेट पूरा गरेका हुन् ।
पहिलो इनिङगको २० औं ओभरको पाँचौँ बलमा जेम्स बाज्लीलाई आउट गर्दै टाईले यो उपलब्धि हासिल गरेका थिए ।
टाईले दुई सय ११ खेलमा आफ्नो तीन सय ट्वन्टी-२० विकेट पूरा गरेका हुन् । जसमा ४७ विकेट देशका लागि तथा क्लबका लागि लिएको विकेट सामेल छ ।
यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो । राशिदले दुई सय १३ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
