काठमाडौं । बास्केटल प्रशिक्षक रिना कार्की ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय कोचिङ कोर्समा सहभागी हुने भएकी छन् । कार्यक्रम हंगेरीको बुडापेस्टमा अक्टोबर १ देखि नोभेम्बर २१ सम्म हुनेछ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार प्रशिक्षक कार्कीलाई विदाइ गर्यो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले विदाइ कार्यक्रममा बास्केटबलको प्रवर्धनमा कार्कीको भूमिकाको प्रशंसा गर्दै यो कोचिङ कोर्सबाट प्राप्त सीप, ज्ञानले नेपाली खेलकुदको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
विदाइ कार्यक्रममा एनओसीकी उपाध्यक्षद्वय ज्योति राना र गोपालसुन्दर कक्षपति, मानार्थ उपाध्यक्ष तुलसी थापा र एनओसीका सचिव एवं नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङको पनि उपस्थिति थियो ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
